Logo

विद्युतीय सवारीसाधन धनीलाई कुलमानको अफर, राती चार्ज गर्दा ४० प्रतिशत छुट

विद्युतीय सवारीसाधन धनीलाई कुलमानको अफर, राती चार्ज गर्दा ४० प्रतिशत छुट



काठमाडौं । नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले विद्युतीय सवारीसाधन वाहकलाई राती चार्ज गर्न अनुरोध गरेका छन । आईतबार प्राधिकरणका आयोजित पत्रकार सम्मेलनमा बोल्दै उनले राती विद्युतीय सवारीसाधन चार्ज गर्नका लागि प्राधिकरणले नै केही हदसम्म सहुलियत दिएको भन्दै राती चार्ज गर्न सुझाव दिएका हुन ।

laxmi

‘हाल विद्युतीय सवारीसाधन चार्ज गर्नेलाई दिउँसो प्रति युनिट ७ रुपैयाँ र राती ४ रुपैयाँ मात्रै लिने गरिएको छ,’ उनले भने, ‘त्यसैले सबैलाई मेरो अनुरोध छ आफ्नो सवारीसाधन राती नै चार्ज गर्नुहोस ।’

उनले पत्रकार सम्मेलनमा बोल्दै हालकै समयको मूल्य अनुसार सवारीसाधनमा प्रयोग हुने ईन्धनभन्दा विद्युत चार्जिङ नै केही हदसम्म सस्तो पर्ने उनको भनाई छ । उनका अनुसार घरैमा विद्युतमार्फत खाना पकायो भने पनि ग्यासको मूल्य भन्दा ३० प्रतिशत सस्तो हुन आउँछ ।

यस्तै हाल प्राधिकरणले नै नेपालभरी चार्जिङ स्टेशन बनाउने गरी कार्यविधि मन्त्रालयमा गएको उनको भनाई छ । यस्तै कुनै निजी क्षेत्रले नै चार्जिङ स्टेशन बनाउन चाहेको खण्डमा नेपाल विद्युत प्राधिकरणले दिएको भन्दा २० प्रतिशत बढि शुल्क लिन पाउने व्यवस्था समेत गरिएको उनको भनाई छ । तर २० प्रतिशतभन्दा बढि शुल्क लिन भने पाईनेछैन ।

प्रतिक्रिया दिनुहोस्
MBL