Logo

सोमबार रसुवागढी र सान्जेनको सेयर नेप्सेमा सुचिकृत, दोस्रो बजारमा १ करोड ५७ लाख कित्ता सेयर थपिँदै

सोमबार रसुवागढी र सान्जेनको सेयर नेप्सेमा सुचिकृत, दोस्रो बजारमा १ करोड ५७ लाख कित्ता सेयर थपिँदै



काठमाडौं । रसुवागढी र सान्जेन जलविद्युत कम्पनी सोमबारदेखि सेकेन्डरी मार्केट नेप्सेमा सुचिकृत हुने भएका छन । सोमबार नेपाल स्टक एक्स्चेन्जको कार्यालयमा एक कार्यक्रमकाबीच उक्त कम्पनीहरुलाई नेप्सेमा सुचिकृत गर्न लागिएको नेप्सेले जानकारी दिएको छ ।

laxmi

जनताको लगानी कार्यक्रम अन्तर्गत निर्माण गर्न लागिएका उक्त २ परियोजनाको प्राथमिक सेयर (आईपीओ)गत बैशाख ६ मा निष्काशन गरिएको थियो । बैशाखमा आईपीओ निष्काशन गरिएका उक्त २ कम्पनीलाई सोमबारदेखि नेप्सेमा सुचिकृत गर्न लागिएको हो ।

रसुवागढी हाईड्रोपावर कम्पनीले सर्वसाधारणका लागि १ अर्ब २ करोड ६३ लाख १५ हजार बराबरको १ करोड २ लाख ६३ हजार १ सय ५० कित्ता आईपीओ निष्काशन गरेको थियो । यस्तै सान्जेन जलविद्युत कम्पनीले भने सर्वसाधारणका लागि ५४ करोड ७५ लाख बराबरको ५४ लाख ७५ हजार कित्ता सेयर निष्काशन गरेको थियो । आईपीओ बाँडफाँड भएको ३ महिनापछि उक्त २ कम्पनीको सेयर नेप्सेमा सुचिकृत हुने भएको हो ।

प्रतिक्रिया दिनुहोस्
MBL