Logo

नयाँ भवन निर्माणको तयारीमा कामपा, कर्मचारीलाई जिल्ला विकास समितिको भवनमा सारिदै

नयाँ भवन निर्माणको तयारीमा कामपा, कर्मचारीलाई जिल्ला विकास समितिको भवनमा सारिदै


बिजखबर संवाददाता
0
Shares

काठमाडौं । काठमाडौं महानगरपालिकाले नयाँ भवन निर्माणको तयारी थालेको छ । महानगरपालिकाले भुकम्पले क्षती पुर्याएको पुरानो भवन भत्काएर सोही स्थानमा नयाँ बनाउन लागेको हो ।

त्यसका लागि सो भवनमा रहेका कर्मचारीलाई बबरमहलस्थ्ति तत्कालिन जिल्ला विकास समितिको भवन सार्न लागिएको हो । १ हप्ताभित्र त्यहाँका सबै आवश्यक सामान सार्ने महानगरपालिकाका राजस्व शाखा प्रमुख महेश काफ्लेले जानकारी दिए ।

उनका अनुसार आजदेखि बबरमहलस्थित सो भवनमा सामान सार्ने काम शुरु गरिने छ । महानगरपालिकाले भवन खाली गरेर ऐतिहासिक मौलिकता तथा लिच्छविकालिन परम्परागत शैलीलाई कायम राख्दै नयाँ भवन बनाउन लागेको हो ।
जेडिए कम्प्लेक्समा रहेका कर्मचारी भने त्यही रहने काफ्लेले जानकारी दिए ।

जसअनुसार एउटा भवन हालको हरी भवनकै डिजाइनमा तयार गरिने छ । मोहडाको पहिलो भाग ३ तत्लाको हुने छ । यो ब्लकको भित्रि फिनिसिङ पनि हरीभवनकै पौराणिक शैलिमा तयार गरिने छ । त्यस्तै मोहडाको दोश्रो भाग लिच्छवीकालिन परम्परागत शैलिको हुने छ । भवन साढे ६ तल्लाको हुने छ । मोहडाको तेस्रो भाग भने आधुनिक शैलिको हुने छ बताइएको । यो भागको मोहडा महानगरपालिकाको पहिचान दिने टावर स्वरुप निर्माण गर्न लागिएको हो ।

यो १५ तल्लाको सो टावरको माथिल्लो तल्लाबाट काठमाडौं उपत्यकालगायत विभिन्न हिमशृङ्खला दृश्याबलोकन गर्न सकिन्छ । नयाँ बन्ने भवनको बाहिरी मोहडामा चार ओटा परम्परागत मल्लकालिन शैलिको चोकहरु हुनेछन् ।

महानगरपालिकाले अपांगता भएकाहरुका लागि युनिभर्सल डिजाइनमा भवन बनाउने तयारी थालेको हो । नयाँ बन्ने भवन भुकम्प प्रतिरोधी हुने छ । महानगरपालिका परिसरभित्र ढुंगेधारा,पाटि पौवा तयार गरिने छ। आधुनिककता झल्किने गरी सिसीटिभी, लिफ्ट, आइटीपार्क, कुटनैतिक बैठक तथा सेमिनार हललगायत सुविधा हुने बताएको छ ।

भवन निर्माणका लागि १ अर्ब ५० करोड रुपैयाँ लागत लाग्ने अनुमान गरिएको छ । प्रस्ताव पास भएपछि काम शुरु गरेको ४२ महिनाभित्र निर्माण सक्ने लक्ष्य महानगरपालिकाले राखेको छ ।

laxmi

प्रतिक्रिया दिनुहोस्
MBL