Logo

याक एण्ड यतीले बुझ्यो महानगरको पत्र, ३० दिनभित्र कर बुझाउन निर्देशन

याक एण्ड यतीले बुझ्यो महानगरको पत्र, ३० दिनभित्र कर बुझाउन निर्देशन


बिजखबर संवाददाता
27
Shares

काठमाडौं । याक एण्ड यती होटलले बुधवार महानगरपालिकाले पठाएको चिठी बुझेको छ । आइतवार काठमाडौं महानगरपालिकाको वडा नम्वर ६ स्थित कार्यलयले कारवाहीका लागि लगेको चिठी बुझेको थिएन । सोमवार होटलको गेटमा चिठी टाँसिने भनिएपनि होटलको कर्मचारी सम्पर्कमा आएपछि वडा कार्यलयले सो कदम चालेको थिएन् ।

कार्यलयले बुधवार पुन चिठी लगेपछि होटलको कर्मचारीले चिठी बुझेको हो । याक एण्ड यतीलाई ३० दिनभित्र वडा कार्यलयमा सम्पर्क राखी कर बुझाउन निर्देशन समेत दिइएको कार्यलयका प्रशासनिक प्रमुख चन्द्र गोपाल प्रधानले जानकारी दिए । चिठीमा आजको ३० दिनभित्र सवै कर नबुझाए कारवाहीको प्रक्रिया अघि बढाइने उल्लेख छ ।

वडा कार्यलयले याक एण्ड यतीलाई घर वहाल, सवारीलगायत कर नतिरेको भन्दै स्थानीय स्वायत्त शासन ऐन, २०५५ को ऐनको १ सय ६ ५ (२) अनुसार कारवाही प्रक्रिया अघि बढाउन पत्राचार गरेको हो ।

पटकपटक सूचना पठाउँदा पनि कर नतिरेको भन्दै महानगरले कात्तिक अन्तिम साता ३५ दिनको म्याद दिएको थियो । तर सो को केही उत्तर नआएपछि कारवाही प्रक्रिया अघि सारेको हो ।

सो अवधिमा पनि नतिरेमा महानगरपालिकाले पत्रिकामा सूचना प्रकाशित गरी सेवा बन्द गर्ने तथा होटल तालाबन्दी नै गर्ने जानकारी दिए ।

याक एण्ड यतीले यूएन एजेन्सीलाई भवन भाडामा दिएकाले त्यसको बहाल कर र केही जग्गाहरु समेत भाडामा लिएकोले सोको पनि घरजग्गा कर तिर्नुपर्ने हुन्छ । महानगरले ती सवै कर निर्देशन दिएपनि अटेरी गर्दै आएको उनले जानकारी दिए ।

laxmi

प्रतिक्रिया दिनुहोस्
MBL