Logo

चीनमा १ करोड ६० लाख जनता गरिबीको रेखामुनी, २०२० भित्र हट्ला त गरिबी ?

चीनमा १ करोड ६० लाख जनता गरिबीको रेखामुनी, २०२० भित्र हट्ला त गरिबी ?



बेइजिङ । चीनको गरिबीको रेखामूनि रहेको जनसंख्याको ९५ प्रतिशत जनसंख्यालाई सन् २०१९ भित्र गरीबीबाट मुक्त गरिने चिनियाँ उच्च अधिकारीले शुक्रबार उद्घोष गरेका छन् ।

laxmi

गरिबी निवारण तथा विकासका लागि राज्य परिषद् नेतृत्व समूहका निर्देशक लिउ योङ्फुले भने, ‘चीनका ९० प्रतिशतभन्दा बढी गरीब काउन्टी (इलाका) को गरिबी यस बर्षभित्र अन्त्य गरिने योजना चीनको छ । राज्यका विभिन्न निकायहरूले यस योजनालाई साकाररूप दिन युद्धस्तरमा काम गरिरहेको छ ।

‘चीनको गरिबी नियन्त्रणका लागि भएको निरन्तरको प्रयासबाट आगामी बर्ष अर्थात् सन् २०२० सम्ममा यहाँका जनतालाई गरिबीको रेखामूनिबाट बाहिर ल्याइनेछ,’ उनले भने ।

चीनले विगत केही दशकमा गरिबीविरूद्धको लडाईमा ऐतिहासिक सफलता पाएको छ । यसैकारणगरिबी नियन्त्रणका लागि चीनलाई विश्वकै नमूनाका रूपमा विश्वले हेर्ने गरेको छ ।

चीनको सरकारी तथ्याङ्कनुसार सन् २०१८ मा ग्रामिण क्षेत्रमा वसोबास गर्ने एक करोड ३८ लाख ६० हजार जनसंख्या गरिबीबाट बाहिर आएको देखाएको छ । सन् २०१२ मा गरिबीको रेखामूनि रहेको चिनियाँ जनसंख्या ९ करोड ८९ लाख ९० हजार रहेकोमा सन् २०१८ को अन्त्यसम्ममा यो संख्या १ करोड ६० लाख ६० हजारमा झरेको छ / (रासस÷सिन्हवा)

प्रतिक्रिया दिनुहोस्
MBL