Logo

आज रातिबाट खुल्दै डीभी, यसरी भर्न सकिन्छ आफै

आज रातिबाट खुल्दै डीभी, यसरी भर्न सकिन्छ आफै



काठमाडौं । अमेरिका जान चाहाने नेपालीहरुका लागि आज रातीबाट डीभीको आवेदन खुल्ने भएको छ ।

अमेरिकी दुतावासका अनुसार उक्त डाइभर्सिटी भिसा (डीभी) बुधबार राति नेपाली समय अनुसार पौने १० बजेदेखि खुल्ने भएको हो ।

दुतावासका अनुसार आजैदेखि खुल्ने उक्त चिट्ठाको म्याद भने कार्तिक २० गतेसम्म हुनेछ । यस्तै उक्त चिट्ठाका लागि आवेदन भर्न भने कुनै प्रकारको शुल्क नलाग्ने पनि दुतावासले जानकारी दिएको छ ।

आवेदन भर्नका लागि विभिन्न कन्सल्ट्यान्टहरु सक्रिय भएकाले उनिहरुको सहायता नलिई आफ्नै घरपरिवार बाट या विश्वसिलो मान्छेबाट उक्त आवेदन भर्नका लागि दुतावासले आग्रह गरेको छ । डिभि भर्न चाहनेहरुले दुतावासको अनलाईन फर्म भर्ने साइट  www.dvlottery.state.gov मा गई फारम भर्न सकिने छ । यस्तै उक्त फारम भर्दा २१ बर्षमुनिका अविवाहित सन्तानहरुको पनि नाम खुलाउनुपर्ने प्रावधान दुतावासले गरेको छ ।

यस्तै अवैधानीक रुपमा सन्तानको नाम राखेर फारम भर्न नपाईने पनि दुतावासले नियम ल्याएको जानकारी दिएको छ ।

आवेदकले आफ्नो हालसालै खिचेको फोटो राखेर फारम भर्नुपर्न तथा आवेदकको इमेल ठेगाना पनि उक्त फारम मार्फत दुतावासलाई उपलब्ध गराउनुपर्ने छ ।

तर आवेदकको नाम उक्त चिट्ठामा परेको भएपनि योग्यता जाँच तथा ईन्टरभ्यु पछि मात्रै उक्त आवेदक भिषाका लागि योग्य हुने दुतावासले जानकारी दिएको छ । भिषा भर्नका लागि दुतावासको वेवसाइट  www.dvlottery.state.gov खोलेर आफ्नो योग्यता, नाम, थर, आफ्ना सन्तानको नाम, हालसालै खिचेको आवेदकको फोटो लगायतका विवरण भर्नुपर्ने छ ।

laxmi

प्रतिक्रिया दिनुहोस्
MBL