Logo

भारतले लगायो टिकटक र विच्याटसहित ५९ चिनियाँ एपमा प्रतिबन्ध, देशको सुरक्षामा खतरा रहेको जिकिर

भारतले लगायो टिकटक र विच्याटसहित ५९ चिनियाँ एपमा प्रतिबन्ध, देशको सुरक्षामा खतरा रहेको जिकिर



काठमाडौं । भारतले चर्चित एप टिकटक चर्चित एप टिकटकसहित ५९ वटा चिनियाँ एपमाथि प्रतिबन्ध लगाएको छ । पछिल्लो समय भारत र चीनबीच सीमा विवाद चलिरहँदा भारतमा चिनियाँ एप टिकटकलाई प्रतिबन्ध लगाउने माग चलिरहेको थियो ।

भारतीय गृहमन्त्री अमित शाहले सुरक्षाका कारण चीनसँग जोडिएका एपलाई प्रतिबन्ध लगाउने निर्णयलाई सदर गरेपछि त्यहाँको सूचना प्रविधि मन्त्रालयले फोन कम्पनीहरुलाई यी एपलाई प्रतिबन्ध गर्ने आदेश दिएको हो । भारत सरकारलाई भारतक सुरक्षा एजेन्सीहरुले संकास्पद चिनियाँ एपहरुको सूची बनाएर दिएको र सोहि अनुसार सरकारले निर्णय लिएको भारतीय मिडियाहरुले उल्लेख गरेका छन् ।

भारत सरकारले भारतको सम्प्रभुता, अखण्डता र देशको सुरक्षा व्यवस्थामा खतरा भएको भन्दै यी मोबाइल एपहरु बन्द गरेको जनाएको छ । यी एपहरुको सर्भर भारत बाहिर रहेको र भारतका महत्वपूर्ण डाटा चोरी गरेको हुनसक्ने आरोप यी एपहरुलाई लगाइएको छ ।

प्रतिबन्ध लगाएका प्रमुख एपहरु :

प्रतिक्रिया दिनुहोस्
MBL