Logo

यी हुन् कोरोनाभाइरस संक्रमणबाट सर्वाधिक प्रभावित १५ मुलुक, भारत अझै कम प्रभावितमै

यी हुन् कोरोनाभाइरस संक्रमणबाट सर्वाधिक प्रभावित १५ मुलुक, भारत अझै कम प्रभावितमै



काठमाडौं । कोरोनाभाइरस (कोभिड–१९) संक्रमणबाट अहिले सारा विश्व प्रभावित बनेको छ । यसमा पनि केही राष्ट्र भने यो संक्रमण्को गम्भीर चपेटामा परेका छन् । शनिबार बिहानसम्मको तथ्यांक अनुसार अमेरिका संक्रमणबाट सबैभन्दा बढी प्रभावित बनेको छ । अमेरिकामा १३ लाख २१ हजार ६६६ कुल संक्रमित भएका छन् भने ७८ हजार ५९९ जनाको मृत्यु भएको छ । यसैबीच २ लाख २३ हजार ५७८ निको भएर फर्किएका छन् ।

laxmi

बेलायतमा अहिलेसम्म २ लाख ११ हजार ३६४ कुल संक्रमित भएका छन् भने ३१ हजार २४१ जनाको मृत्यु भएको छ । इटालीमा २ लाख १७ हजार १८५ कुल संक्रमित भएका छन् भने ३० हजार २०१ जनाको मृत्यु भएको छ । यसैबीच ९९ हजार २३ निको भएर फर्किएका छन् ।

स्पेनमा २ लाख ६० हजार ११७ कुल संक्रमित भएका छन् भने २६ हजार २९९ जनाको मृत्यु भएको छ । यसैबीच एक लाख ६८ हजार ४०८ जना निको भएर फर्किएका छन् ।

फ्रान्समा एक लाख ७६ हजार ७९ कुल संक्रमित भएका छन् भने २६ हजार २३० जनाको मृत्यु भएको छ । यसैबीच ५५ हजार ७८२ जना निको भएर फर्किएका छन् ।

ब्राजिलमा एक लाख ४५ हजार ८९२ जना संक्रमित भएका छन् भने ९ हजार ९९२ जनाको मृत्यु भएको छ । त्यस्तै ब्राजिलमा अहिलेसम्म ५९ हजार २९७ जना ठिक भएका छन् ।

बेल्जियममा ५२ हजार ११ कुल सङ्क्रमित भएका छन् भने ८ हजार ५२१ जनाको मृत्यु भएको छ । यसैबीच १३ हजार २०१ जना निको भएर फर्किएका छन् ।

जर्मनीमा एक लाख ७० हजार ५८८ कुल संक्रमित भएका छन् भने ७ हजार ५१० जनाको मृत्यु भएको छ । यसैबीच एक लाख ४१ हजार ७ सय निको भएर फर्किएका छन् । इरानमा एक लाख ४ हजार ६९१ कुल संक्रमित भएका छन् भने ६ हजार ५४१ जनाको मृत्यु भएको छ । यसैबीच ८३ हजार ८३७ निको भएर फर्किएका छन् ।

नेदरल्याण्डसमा अहिलेसम्म ४२ हजार ९३ जना संक्रमित भएका छन् भने ५ हजार ३५९ जनाको मृत्यु भएको छ । चीनमा अहिलेसम्म ८२ हजार ८८६ कुल संक्रमित भएका छन् भने ४ हजार ६३३ जनाको मृत्यु भएको छ । यसैबीच ७७ हजार ९९३ निको भएर फर्किएका छन् ।

क्यानाडामा ६६ हजार ४३४ जना संक्रमित भएका छन् भने ४ हजार ५६९ जनाको मृत्यु भएको छ । त्यस्तै ३० हजार ४०६ जना ठिक भएका छन् । टर्कीमा एक लाख ३५ हजार ५६९ जना संक्रमित भएका छन् भने ३ हजार ६८९ जनाको मृत्यु भएको छ । त्यस्तै ८६ हजार ३९६ जना निको भएर फर्किएका छन् ।

स्विडेनमा २५ हजार २६५ जना संक्रमित भएका छन् भने ३ हजार १७५ जनाको मृत्यु भएको छ । मेक्सिकोमा २९ हजार ६१६ जना संक्रमित भएका छन् भने २ हजार ९६१ जनाको मृत्यु भएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL