Logo

कोरोना विरुद्धको औषधिमा ईजरायलले पायो सफलता, प्याटेन्ट दर्ता गरेर विक्री गर्दै

कोरोना विरुद्धको औषधिमा ईजरायलले पायो सफलता, प्याटेन्ट दर्ता गरेर विक्री गर्दै



काठमाडौं । ईजरायल ईन्स्टिच्युट अफ बायोलोजीकल रिसर्च (आईआईबीआर)ले कोरोना भाईरसलाई निस्तेज पार्न सक्ने एन्टीबडीको विकास गरेको बताएको छ । ईजरायलस्थित रक्षा मन्त्रालयले उक्त कुराको जानकारी दिएको छ । नेस जुवाना ल्यावको भ्रमण गर्दै ईजरायलका रक्षा मन्त्री नाफ्ताली बेनेटले सोमबार आईआईबीआरका स्टाफप्रति धन्यवाद व्यक्त गरे ।

laxmi

उनले अविष्मरणीय आविस्कारका लागि बधाई समेत दिएका थिए । ल्यावमा विकास गरिएको उक्त एन्टबडी मोनोक्लोनल विधिबाट निर्माण गरिएको हो । जसले मानव शरिरमा कम मात्रामा असर पुर्याएर रोगविरुद्ध लड्ने क्षमता राख्दछ ।

आईआईबीआरका वैज्ञानिकहरुले कोरोना भाईरसका विरामीमाथी यसको परिक्षण गर्दा यसले काम गरेको बताएका छन् । विश्वभरी पत्ता लगाईएका औषधिमध्ये आईआईबीआरले निर्माण गरेको औषधिले सम्पुर्ण प्यारामिटर पुरा गरेर औषधि निर्माण गरेकाले यो विश्वभरी पहिलो सफलता भएको रक्षा मन्त्रीले उल्लेख गरेका छन् ।

आईआईबीआरले अब आफ्नो उत्पादनका प्याटेन्ट दर्ता गरेर आफ्नो उत्पादन विक्री वितरण गर्ने बताएको छ । उसको सम्पुर्ण वैधानिक कार्य पनि रक्षा मन्त्रालयको समन्वयमा हुने बताईएको छ ।
आईआईबीआरका वैज्ञानिकहरुले केही नयाँ अध्ययनका लािग कोरोना संक्रमणबाट निको भएकाहरुको प्लाज्मा संकलन गर्ने काम गरिरहेका छन् ।

यस्तै ईजरायलमा औषधि उत्पादन गर्ने फ्याक्ट्री समेत बनाउने उनिहरुको योजना रहेको छ । उक्त औषधालयमा सम्पुर्ण व्यवस्थासहितका विभिन्न सेवाहरु उपलब्ध गराउने उनिहरुको योजना छ ।

प्रतिक्रिया दिनुहोस्
MBL