Logo

विश्वकै धनीको ताज फेरी पनि जेफ बेजोसलाई, सबै अर्वपतिको आम्दानी घट्यो

विश्वकै धनीको ताज फेरी पनि जेफ बेजोसलाई, सबै अर्वपतिको आम्दानी घट्यो



काठमाडौं । फोर्ब्स पत्रिकाले हालै विश्वका अर्वपतिको सूचि सार्वजनिक गरेको छ । फोर्ब्सले गरेको विश्वका अर्वपतिको सूचिको पहिलो स्थान यसपल्ट पनि अमेजोनका मालिक जेफ बेजोसले ओगटेका छन । १ सय १३ अर्ब डलर सम्पत्तीसहित बेजोस लगातार तेस्रो पल्ट विश्वकै धनी बनेका हुन ।

laxmi

फोर्ब्सले यसअघि २ चोटी उनलाई विश्वकै धनीको सुचिमा पहिलो स्थानमा राखिसकेको छ ।
यस्तै माईक्रोसफ्टका मालिक बिल गेट्स भने विश्वकै धनिको सुचिमा दोस्रो स्थानमा छन् । उनको हालको सम्पत्ती कुल १ सय २ अर्ब अमेरिकी डलर रहेको छ । यस्तै विश्वकै धनीको तेस्रो स्थानमा भने एलभीएमएज जिन्सका प्रमुख बर्नाड आर्नल्ट रहेका छन भने चौथो स्थान बर्कसायर हाथवे कम्पनीका मालिक सेयरबजारका बादशाह वारेन बफेट परेका छन ।

उनका हालको सम्पत्ती ७२ अर्ब अमेरिकी डलर छ । यस्तै विश्वका धनीहरुको सूचिको पाचौं स्थानमा अमेरिकी ल्यारी इलिसन, छैठौंमा स्पेनका अमानिको अर्टेगा, सातौंमा फेसबुकका मार्क जुकेनवर्ग, आठौंमा अमेरिकी जिम वाल्टन, नवौंमा अमेरिकी एलिस वाल्टन र दशौंमा अमेरिकी रब वाल्टन छन् ।

फोर्ब्सका अनुसार विश्वमा अर्बपतिहरुको संख्या र सम्पत्ति दुवै घट्दो छ । फोर्ब्सका अनुसार २ हजार ९५ जना अर्बपतिमध्ये गत वर्षको तुलनामा ५८ जना अर्बपनिको संख्या घटेको छ । सन् २०२० को अर्बपतिको सूची सार्वजनिक गर्दा गत वर्षको तुलनामा अर्बपतिहरुको सम्पत्ति ८० खर्ब डलर देखिएको फोर्ब्सले जनाएको छ । यो सन् २०१९ को तुलनामा ७ खर्ब कम हो ।

यो बर्ष सँसारका धनीहरुले सन् २०१९ मा भन्दा धेरै सम्पत्ति गुमाएका छन् । सबैभन्दा बढी सम्पत्ति जोड्न सफल भएकामा किन इङलिन छन् । उनी सुंगुरको उत्पादक हुन् । साँढे १८ अर्ब डलर सम्पत्ति भएका उनले सन् २०१९ मा भन्दा १४ अर्ब बढी सम्पत्ति जोड्न सके ।

विश्वको धनीहरुको सूचिमा उनी ४३ औं नम्बरमा छन् । दक्षिण एशियाका धनी चीनका ज्याक मा विश्वकै धनीको सुचिको १७ औं नम्बरमा छन् । उनको कुल सम्पत्ति ३८ अर्ब डलर छ । भारतका मुकेश अम्बानी २१ औं नम्बरमा छन् । उनको कुल सम्पत्ति ३६ अर्ब डलर छ ।

यस्तै नेपालमा एकमात्र अर्बपति बिनोद चौधरी १५१३ नम्बरमा परेका छन् । उनको कुल सम्पत्ति एक अर्ब ४० करोड डलर रहेको फोर्बसले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL