Logo

चीनमा कोरोनाबाट मृत्यु हुनेको संख्या २७१५, नयाँ संक्रमित व्यक्ति ४०१ जना पुग्यो

चीनमा कोरोनाबाट मृत्यु हुनेको संख्या २७१५, नयाँ संक्रमित व्यक्ति ४०१ जना पुग्यो



काठमाडौं । चीनमा पछिल्लो समय ५२ जनाको नयाँ कोरोना जीवाणु (भाइरस) कारण मृत्यु भएको छ । तीन हप्तादेखि दिनहुँ एकसय भन्दा बढीको संख्यामा मृत्यु हुनेक्रममा केही कमी आएको चिनियाँ अधिकारीहरुले जानकारी दिएका छन । हालसम्म चीनमा कोरोनाकै कारण मृत्यु हुनेको संख्या २ हजार ७ सय १५ जना पुगेको छ ।

laxmi

पछिल्लो समय मृत्यु भएका सबै कोरोनाको प्रकोपको केन्द्र हुबेई प्रान्तका छन् । राष्ट्रिय स्वास्थ्य आयोगले बुधबार ४०१ जना नयाँ संक्रमित व्यक्ति भेटिएको जानकारी दिएको छ । चीनमा हालका दिनहरूमा नयाँ संक्रमित व्यक्तिको संख्या घटेको देखिएको छ । साथै चीनका अरु धेरै प्रान्तमा नयाँ रोगी नदेखिएको समेत अधिकारीहरुले बताएका छन ।

हुबेई प्रान्त बाहिर पाँच जनामा मात्र कोरोना देखिएको थियो । यो एक महिनाको अवधिमा सबैभन्दा कम हो । तर हुबेईको राजधानी उहानमा गत वर्षको अन्त्यतिर शुरु भएर चीनमा मात्र ७८ हजारभन्दा बढीलाई संक्रमित तुल्याएको यो भाइरस विश्वका दर्जनौं देशहरूमा फैलिइ सकेको छ ।

दक्षिण कोरियामा मृत्यु हुनेको संख्या बुधबारसम्ममा ११ जना पुगेको छ र संक्रमितको संख्यामा वृद्धि भएर हजार १४६ पुगेको छ । चीन बाहिर यतिठूलो संख्यामा संक्रमण भएको कोरिया नै हो । कोरियामा तैनाथ अमेरिकी सेनामा सेवारत एक सैनिकमा पनि कोरोनाको संक्रमण देखिएको छ ।

करिब १० जनाको मृत्यु र ३०० भन्दा बढीमा संक्रमण देखिएको इटालीले ११ वटा शहरमा आवातजावत बन्द गरेको छ । प्रधानमन्त्री जिसेप कोन्टेले यो क्रम केही हप्तासम्म जारी रहन सक्ने बताएका छन । नानजिङ शहरका अधिकारीहरूले सियोलबाट मंगलबार आइपुगेको बिमानमा सवार तीन जनालाई ज्वरो आएपछि ९४ जनालाई क्वारेन्टाइनमा राखेको बताएका छन् । (रासस/एएफपी)

प्रतिक्रिया दिनुहोस्
MBL