Logo

दुई साना जहाज आकाशमा ठोकिए, ४ जनाको मृत्यु

दुई साना जहाज आकाशमा ठोकिए, ४ जनाको मृत्यु



काठमाडौं । अष्ट्रेलियाको मेलबोर्नको ग्रामीण इलाकामा बुधबार दुई वटा साना बिमानहरु आकाशमै एकआपसमा ठोक्किएका छन । जहाज ठोकिएसँगै त्यसमा सवार चारै जनाको मृत्यु भएको प्रहरीले जानकारी दिएको छ ।

laxmi

प्रहरीले दुबै बिमानमा एकएक जना पाइलट र एकएक जना यात्रु सवार रहेको जानकारी दिएको छ । ती दुई बिमान म्यान्गालोर शहरमा करिब ४ हजार फिट माथि आकाशमा ठोक्किएका थिए ।

दुबै बिमान कानुनी रूपमा वैध रहेका भए पनि घटनाको अनुसन्धान भैरहेको अधिकारीहरुले बताएका छन् । (रासस-एएफपी)

प्रतिक्रिया दिनुहोस्
MBL