Logo

सानिमा जनरल इन्स्योरेन्स लिमिटेडको दोश्रो बार्षिक साधारण सभा सम्पन्न, आइपीओ जारी गर्ने प्रस्ताव पारित

सानिमा जनरल इन्स्योरेन्स लिमिटेडको दोश्रो बार्षिक साधारण सभा सम्पन्न, आइपीओ जारी गर्ने प्रस्ताव पारित



काठमाडौं । सानिमा जनरल इन्स्योरेन्स लिमिटेडको दोश्रो बार्षिक साधारण सभा सम्पन्न भएको छ । कम्पनीका अध्यक्ष खेमराज लामिछानेको सभापतित्वमा सम्पन्न भएको सभाले सर्वसाधारणका लागि सुरक्षितग रिएको ३० लाखकित्ता सेयर यसै आर्थिक बर्षमा जारी गर्ने प्रकृयाका लागि कम्पनीको संचालक समितिलाई अख्तियारी प्रदान गर्ने प्रस्ताव सर्वसम्मत रुपमा पारित गरेको छ ।

laxmi

सभामा आ.व. २०७५–०७६को बार्षिक प्रतिवेदन प्रस्तुत गर्दै अध्यक्ष लामिछानेले नेपाल वित्तिय प्रतिवेदनमा बमोजिम वित्तीय विवरण पेश गर्दै कम्पनीको हाल कायम चुक्ता पूँजी रु. ७० करोड रहेकोमा नियमक निकाय बीमा समितिको निर्देशन बमोजिम रु. १ अर्व चुक्ता पूँजी पुर्याउनु पर्ने व्यवस्था भएअनुसार आइपीओ जारी गर्ने प्रस्ताव पेश गरेका थिए ।

त्यसैगरि आगामी आव ०७६–०७७ का लागि कम्पनीको बार्षिक लेखा परिक्षकमा सुजन काफ्ले (एल.आर. एसोसियट्स) चाटर्ड एकाउण्टेण्ट्लाई नियुक्त गर्न संचालक समितिले गरिको प्रस्ताव पनि सभाले सर्वसम्मत रुपमा पारित गरेको छ ।

साथै हाल कम्पनीको प्रधान कार्यालय सहित गत आवमा १६ वटा शाखा कार्यालयहरु संचालन रहेकोमा यस आवमा थप १० वटा शाखा तथा कृषि बीमा कार्याहयहरु संचालन गरि कम्पनीको व्यवसायिक दायरा फराकिलो पार्दै लगिने जानकारीसमेत अध्यषले दिएका थिए ।

गैरआवासीय नेपालीहरु, लव्ध प्रतिष्ठित उद्योगी तथा व्यवसायीहरुवाट स्थापित यस कम्पनीले २०७५ आषाढ २७ वाट आफ्नो व्यवसायिक बीमा कारोवार शुभारम्भ गरेको हो ।

प्रतिक्रिया दिनुहोस्
MBL