Logo

एडीबीका परियोजनामा लक्ष्य अनुसार काम, पुनःनिर्माण र ऊर्जाका परियोजनामा प्रगति

एडीबीका परियोजनामा लक्ष्य अनुसार काम, पुनःनिर्माण र ऊर्जाका परियोजनामा प्रगति



काठमाडौं । एशियाली विकास बैंक (एडीबी) ले भूकम्पपछिको पुनःनिर्माण र ऊर्जा उत्पादनसम्बन्धी परियोजनामा प्रगति गरेको पाइएको छ ।

laxmi

उक्त बैंकले नेपालमा सञ्चालन गरेका विकास–निर्माणका परियोजना, तिनको वर्तमान अवस्था र समयमै तिनलाई पूरा गर्न दाता, सरकार तथा कार्यान्वयनकर्ता निकायबीच आज राजधानीमा भएको त्रिपक्षीय समीक्षा बैठकमा त्यस्तो जानकारी दिएको हो ।

बैंकले लगानी गरेका ३१ परियोजनामध्ये पुनःनिर्माण र ऊर्जा उत्पादनसम्बन्धी परियोजनाले लक्ष्यअनुसार गति लिएका तथा अघिल्लो वर्षको साउन १५ गतेको तुलनामा २०७६ साउन १५ गतेसम्ममा समग्रमा सबै ३१ वटा परियोजनाको प्रगति सन्तोषजनक रहेको जनाइएको छ ।

बैंकका देशीय निर्देशक मुख्तोर खामुदखानोभले परियोजनाको कार्यान्वयनमा निकै चुनौती रहे पनि तिनको समाधानमा नेपाल सरकारले देखाएको तत्परताको सराहना गर्दै नेपालको सामाजिक–आर्थिक उन्नयन नै बैंकको मुख्य लक्ष्य रहेको बताए ।

उनले भूकम्प प्रभावित क्षेत्रमा १ सय ५४ वटा विद्यालय पुनःनिर्माण सम्पन्न हुन लागेका तथा विद्युत् उत्पादन तथा वितरण अभिवृद्धि परियोजनाको पनि प्रगति उल्लेख्य भएको जानकारी दिए। पछिल्ला वर्षमा बैंकले नेपाललाई अधिक ऋण उपलब्ध गराएको चर्चा गर्दै उनले सन् २०१८ मा ऋण रकम ५९ करोड २० अमेरिकी डलर पुगेको बताएका छन ।

अर्थमन्त्रालयका सहसचिव श्रीकृष्ण नेपालले निर्धारित समयमा परियोजना पूरा गर्नेतर्फ सम्बद्ध सबै पक्ष इमान्दारीका साथ लाग्नुपर्नेमा जोड दिँदै सरकारीस्तरमा हुनुपर्ने काम र सहजकर्ताको भूमिकाबाट आफूहरू नचुक्ने प्रतिबद्धता व्यक्त गरेका छन । रासस

प्रतिक्रिया दिनुहोस्
MBL