Logo

धरहरा पुनर्निर्माण : टावरको राफ्ट फाउन्डेसन को काम सुरु

धरहरा पुनर्निर्माण : टावरको राफ्ट फाउन्डेसन को काम सुरु



काठमाडौं । राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीले धरहराको पुनर्निर्माणको काम कार्यको अवलोकन भ्रमण गरेको छ । उनले अवलोकन पछि पुनर्निर्माणको कार्य सन्तोषजनक गतिमा अघि बढेको बताएका छन ।

laxmi

पुनर्निर्माणको जिम्मेवारी पाएको जिआइइटिसी–रमन जेभीका प्रोजेक्ट म्यानेजर श्यामचन्द्र श्रेष्ठले धरहरा टावरको ‘राफ्ट फाउन्डेसन’ को काम सुरु भएको जानकारी समेत गराएका छन ।

श्रेष्ठले निर्माण कार्य तालिकाअनुसार नै अघि बढेको र निर्माणको क्रममा स्थानीय समुदायबाट अझ थप सहयोग प्राप्त भए निर्माणकार्य गर्न सहज हुने बताए ।

प्राधिकरणले स्थानीय समुदायसँग समन्वय गरेर काम गरेको र पुनर्निर्माणपछि सबैभन्दा बढी फाइदा स्थानीय समुदायलाई नै हुने भएकोले पुनर्निर्माणमा सहयोग गर्न समेत ज्ञवालीले आग्रह गरेका छन ।

प्रतिक्रिया दिनुहोस्
MBL