Logo

माघ–फागुन भित्रमा रेल संचालन हुन्छ : मन्त्री महासेठ, ४ वर्षभित्र ६ वटा राष्ट्रिय गौरवका आयोजना सम्पन्न हुने

माघ–फागुन भित्रमा रेल संचालन हुन्छ : मन्त्री महासेठ, ४ वर्षभित्र ६ वटा राष्ट्रिय गौरवका आयोजना सम्पन्न हुने



काठमाडौं । भौतिक पूर्वाधार तथा यातायात मन्त्री रघुबीर महासेठले माघ–फागुन सम्ममा नेपालमा रेल संचालन गर्ने बताएका छन ।

बिहीबार प्रतिनिधिसभाको राष्ट्रिय सरोकार तथा समन्वय समितिमा राष्ट्रिय गौरवका आयोजनाहरुका बारेमा भएको छलफलमा मन्त्री महासेठले उक्त कुरा बताएका हुन । ‘माघ–फागुनसम्म रेल सञ्चालन भइसक्छ, हामीले छिटो सञ्चालनमा ल्याउने गरी काम गरिरहेका छौं, उनले भने ।

यस अघि रेल बिभागले भने डिसेम्बर १८ भित्रै रेल संचालन गर्ने बताउँदै आएका थिए । तर रेल भाडामा लिने कि सरकार आफैंले किनेर चलाउने भन्ने विषय टुङ्गो नलागेकाले उक्त समयममा रेल संचालन नहुने विभागले जानकारी दिएको थियो ।

रेल विभागका महानिर्देशक बलराम मिश्रले भने भाडामा रेल संचालन नगर्ने बरु नेपाल आफैंले रेल खरिद गरेर संचालन गर्ने बताउँदै आएका छन । उनले अहिले ५ वटा डिब्बाको दरले २ सेट रेल खरिद प्रकृयामा लागेको बताए पनि मन्त्रालयले भने अहिलेनै यस विषयमा कुरा नटुङ्गिएको जानकारी दिएको थियो ।

मन्त्री महासेठले भने जयनगर–जनकपुरको कुर्थासम्म ३५ किलामिटरको काम लगभग सकिएको भन्दै उनले माघ फागुनभित्र रेल चल्ने दावी गरेका हुन ।

रेल सञ्चालन गर्न यसअघि ५० करोड बजेट छुट्याइएकोमा यातायात मन्त्रालय र रेल्वे विभागले रेल किन्न थप रकम माग गरे पछि माग बमोजिम ५० करोड रुपैयाँ थप बजेट निकासा गर्न अर्थ मन्त्रालय तयार भएको समेत मन्त्रालयले जानकारी दिएको छ ।

बैठकमा मन्त्री महासेठले ४ वर्षभित्र ६ वटा राष्ट्रिय गौरवका आयोजना सम्पन्न भइसक्ने दाबी गरेका छन । हुलाकी लोकमार्ग, पुष्पलाल लोकमार्ग, तराई मधेस द्रुतमार्ग, कोशी लोकमार्ग, कालीगण्डकी कोरिडोर, कर्णाली लोकमार्ग, रेल्वे तथा मेट्रो विकास आयोजना ४ वर्षभित्र सम्पन्न हुने उनको भनाइ छ ।

laxmi

प्रतिक्रिया दिनुहोस्
MBL