Logo

काठमाडौं भ्यू टावरको निर्माण कार्य तिव्र, यसरी हुँदै छ काम

काठमाडौं भ्यू टावरको निर्माण कार्य तिव्र, यसरी हुँदै छ काम


बिजखबर संवाददाता
0
Shares

काठमाडौं । काठमाडौं भ्यू टावरको निर्माण कार्य तिव्र रुपमा अघि बढेको छ । शिलान्यास भएको करिव १६ महिनापछि टावरको निर्माण कार्य शुरु भएको हो । काठमाडौंको पुरानो बसपार्कमा बन्न लागेको सो टावरमा हाल सिमेन्ट गोदाम निर्माण तथा बोरिङलगायत काम शरु भएको छ । आगामी साताबाट जग खन्ने काम शुरु गरिने निर्माता कम्पनी जलेश्वर स्वच्छन्द विकोइका एक कर्मचारीले जानकारी दिए ।

ktm tower

उनका अनुसार हाल ३० जनाले दैनिक रुपमा काम गरिरहेका छन् । जग खन्ने काम शुरु भएसँगै दैनिक २ हजार जना कामदार आवश्यक पर्ने कम्पनीले जानकारी दिएको छ ।
उनका अनुसार माटो खन्नका लागि कम्पनीले इटालीबाट पाइलिङ मेसिन ल्याउँदै छ । सो मेसिन अहिले भन्सारमा राकिएको कम्पनीले बताएको छ । ‘भारतमा उत्तर प्रदेशमा चुनाव भएकोले सामान रोकिएको छ’ पर्सीसम्ममा काठमाडौं आइपुग्छ’ उनले भने ।

ktm tower-2

यस अघि भारतबाट ल्याइएको मेसिन सानो भएकोले पून इटालीबाट ल्याउन परेको बताए । कम्पनीले बनाउन लागेको १२ तले काठमाडौं भ्यु टावरको निर्माण शुरु गरेको १८ महिनामा सक्ने लक्ष्य राखेको छ ।

सो टावरको लागत साढे ३ अर्व अनुमान गरिएको छ । टावरले ओगट्नेमध्ये २० प्रतिशत स्थान पार्किङका लागि छुट्याइने बताइएको छ । टावरको ग्राउन्ड फ्लोरमा अरनीको बसको पार्किङ र माथि २ ओटा तलामा उपत्यकाका सार्वजनिक सवारी तथा हलुका गाडीहरुको पार्किङ रहनेछ । सो भवनमा व्यवस्थित सिनेमा हल, थिएटर, स्वीमिङ पुल, रेष्टुराँ, बैंक तथा कामनपाको वडा कार्यालय समेत रहने छ ।

 

ktm tower3

नेपाली संस्कृति झलकने विभिन्न स्वदेशी उत्पादनका साथै विदेशी सामग्रीहरु राखिने छ । सो भवन मौलिकपन झल्काउन सोही अनुरुपका बस्तुहरु प्रतिविम्वको रुपमा राख्ने बताइएको छ ।

kathmandu-tower

laxmi

प्रतिक्रिया दिनुहोस्
MBL