Logo

मेलम्ची खानेपानी आयोजना समयमै सम्पन्न हुने, डेढ बर्ष भित्र मेलम्चीको पानी काठमाडौंमा

मेलम्ची खानेपानी आयोजना समयमै सम्पन्न हुने, डेढ बर्ष भित्र मेलम्चीको पानी काठमाडौंमा



काठमाडौं । मेलम्ची खानेपानी आयोजनाको सुरुङमार्गको काम सुरुभएसँगै खानेपानी मन्त्री बिना मगर अनुगमनमा पुगेकी छिन ।

आयोजनाले १५ महिना भित्र हेडबक्स र १२ महिना भित्र सुरुङमार्गको काम सम्पन्न गर्ने गरी चिनियाँ कम्पनी सिनो हाइड्रोसँग सम्झौता गरिसकेको छ ।

कम्पनीले काम सुरु गरेसँगै मन्त्री मगर निरीक्षणमा पुगेको आयोजनाका प्रवक्ता राजेन्द्र पन्तले जानकारी दिएका छन । अनुगमनका क्रममा निर्माण ब्यवसायी उत्साही भएको र समयमै काम सम्पन्न गर्नेमा आफुहरु विश्वस्त रहेको मन्त्री मगरको भनाई रहेको छ ।

सोही क्रममा स्थानीयका गुनासा, स्थानीय सप्लाशर्यहरुको भुक्तानी लगायतका केहि समस्याहरुलाई भने निराकरण गर्दै जाने आयोजनाका प्रवक्ता पन्तले बताए ।

सम्झौता बमोजिम कम्पनीले उक्त काम एक बर्ष भित्र सक्नुपर्ने छ । इटालियन कम्पनी सिएमसीले छोडेर गए पछि सरकारले बाँकी काम गर्न टेण्डर आह्वान गरेको थियो । उक्त टेण्डरमा नेपाली ठेकेदार र चिनियाँ कम्पनी सिनो हाइड्रोको मात्रै आवेदन परे पछि सरकारले चिनियाँ कम्पनीलाई बाँकी काम सक्नका लागि छनौट गरिएको हो ।

पन्तका अनुसार १२ महिनाभित्रै काम सम्पन्न भएमा सरकारले उक्त कम्पनीलाई बोनस स्वरुप दिनको शुन्य दशमलब ०१५ प्रतिशत प्रोत्साहन भत्ता दिने भएको छ । यदि कम्पनीले काममा ढिलासुस्ती गरे दैनिक १२ लाख ५० हजार रुपैयाँका दरले सरकारलाई जरिवाना तिर्नुपर्नेछ ।

हाल बाँकी रहेका कामहरु मध्ये सिनोले सुरुङमार्गतर्फ सुरुङको अन्तिम संरचना निर्माण, डाइभर्सन सुरुङ र अडिट सुरुङको लाइनिङ र फिनिसिङ, अडिट सुरुङसम्मको पहुँचमार्ग सुधार, ग्याल्थुमको पहुँचमार्ग, पुलको पुनर्निर्माण, क्याम्पहरुको मर्मत सुधारलगायतका काम गर्नुपर्ने छ ।

प्रतिक्रिया दिनुहोस्
MBL