Logo

मेलम्ची खानेपानी आयेजनाको स्थानीय ‘सप्लायर्स’ र ‘भेण्डर्स’को बाँकी रकम अगष्ट २० भित्रै

मेलम्ची खानेपानी आयेजनाको स्थानीय ‘सप्लायर्स’ र ‘भेण्डर्स’को बाँकी रकम अगष्ट २० भित्रै



काठमाडौं । मेलम्ची खानेपानी आयोजनाले स्थानीय ‘सप्लायर्स’ र ‘भेण्डर्स’को बाँकी रकम अगष्ट २० भित्रै उपलब्ध गराउने भएको छ ।

स्थानीय ‘सप्लायर्स’ र ‘भेण्डर्स’ (ढुवानी तथा निर्माण उपकरण उपलब्ध गराउने कम्पनी) तथा मजदुरहरुको करिब २४ करोड ५० लाख ३८ हजार ५ सय रुपैयाँ एकमुष्ट रकम चिनियाँ कम्पनी सिनो हाइड्रो आउनु अगावै दिने तयारी भईरहेको आयोजनाले जानकारी दिएको छ ।

आयोजनाका प्रवक्ता राजेन्द्र पन्तका अनुसार नयाँ कम्पनी सिनो हाइड्रोलाई आउन नपाई काममा बाधा पुग्ने देखिएकाले विगतका समस्यालाई पहिलेनै सुल्टाउने गरी आफुहरुले काम गर्ने बताएका छन ।

ईटालिएन कम्पनी सिएमसीले मजदुर तथा स्थानीय ‘सप्लायर्स’ र ‘भेण्डर्स’को गरि करिब साढे २४ करोड रुपैयाँ भुक्तानी गर्न बाँकी रहेको थियो । सोही बाँकी रकम नपाएको भन्दै स्थानीयले बारम्बार विरोध गर्दै आयोजनाको काममा बाधा पुर्याए पछि अगष्ट २० भन्दा अगाडीनै उक्त विषयलाई टुङ्ग्याउने गरी काम भईरहेको आयोजनाले जनाएको छ ।

मजदुर तथा स्थानीय ‘सप्लायर्स’ र ‘भेण्डर्स’ले आफुहरुको मागलाई सरकारले वेवास्त गरेको भन्दै भदौ १८ गते देखि पुनः आन्दोलनको कार्यक्रमहरु गर्दै आईरहेको छ । तर उक्त रकम खानेपानी मन्त्रालयले मात्र दिने नभई अर्थ मन्त्रालयसँगको सहकार्यमा मन्त्रिपरिषदबाट पास गराउनु पर्ने भएकाले समय भने तोक्न नसकिने पन्तले जानकारी दिएका छन ।

प्रतिक्रिया दिनुहोस्
MBL