Logo

विदेशी पर्यटकलाई अनलाईनबाटै भिसा शूल्क बुझाउने सुविधा, गौतमबुद्ध विमानस्थल प्रयोग गर्ने एयरलाईन्सलाई विशेष छुट

विदेशी पर्यटकलाई अनलाईनबाटै भिसा शूल्क बुझाउने सुविधा, गौतमबुद्ध विमानस्थल प्रयोग गर्ने एयरलाईन्सलाई विशेष छुट



काठमाडौं । संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेशकुमार भट्टराईले आगामी दिनमा अनलाईनबाटै भिसा शूल्क बुझाउन सकिने बताएका छन । उनले अनलाईन भिसामात्रै नभई शुल्क समेत अनलाईनमार्फत नै बुझाउने गरि सरकारले तयारी गरिरहेको बताएका हुन ।

laxmi

त्यस्तै सलाम एयरले शनिबार आयोजना गरेको कार्यक्रममा बोल्दै पर्यटन मन्त्री भट्टराईले विदेशी पर्यटक धेरै ल्याउने एजेन्सी तथा एयर कम्पनीहरुलाई सम्मान गर्ने बताएका छन ।

उनले भ्रमण बर्ष २०२० लाई सफल बनाउन सरकारले उक्त प्याकेजहरु निर्माण गरिरहेको जानकारी दिँदै सोचे भन्दा बढि पर्यटक ल्याउने एयरलाईन्स तथा एजेन्सिजहरुलाई थप प्याकेज दिने घोषण समेत गरेका हुन । सलाम एयरले आगामी हप्ता देखि काठमाडौं ओमान दैनिक उडान सुरु गर्ने भए पछि मन्त्री भट्टराईले उक्त कुरा बताएका हुन ।

उनले कार्यक्रममा बोल्दै नेपाल विश्वको आकर्षक गन्तव्य भएको र सलाम एयरको दैनिक उडानले नेपाल, ओमान हुँदै तेस्रो मुलुकमा जाने पर्यटकलाई समेत सहयोग पुग्ने बताएका छन । त्यस्तै उनले सलाम एयरलाई काठमाडौं विमानस्थलमात्र नभई गौतमबुद्ध अन्तरराष्ट्रिय विमानस्थलमा समेत आफ्नो उडान गर्न आग्रह गरेका छन ।

उनले भने, ‘जुन कम्पनीले उक्त विमानस्थलमा जहाज संचालन गर्छ त्यसलाई ल्याण्डिङ पार्किङ शुल्क तथा इन्धनमा समेत सरकारले सहुलियत प्रदान गर्ने छ ।’

प्रतिक्रिया दिनुहोस्
MBL