Logo

हिमालमा कतिले गरे आरोहण ?, पर्यटन विभागसँगै छैन जानकारी

हिमालमा कतिले गरे आरोहण ?, पर्यटन विभागसँगै छैन जानकारी



काठमाडौं । २०१९ को स्प्रिङ सिजनको सगरमाथालगायतका हिमाल आरोहणको समय भर्खरै सकिएको छ । २०१९ को बसन्तऋतुमा कतिले हिमाल आरोहण गरे भन्ने विषयमा पर्यटन विभागलाई नै जानकारी छैन ।

laxmi

विभागले १९५३ देखी हाल सम्म सगरमाथा आरोहणको तथ्याङक राखे पनि अन्य हिमाल आरोहण गर्नेको भने कुनै तथ्याङक राख्न सकेको छैन । विभागले भने सबै हिमाल आरोहण गर्ने आरोहीको तथ्याङक राखेको बताए पनि सगरमाथा बाहेक अन्य हिमाल आरोहणको तथ्याङक भने दिन सकेन ।

सगरमाथा मात्रै हिमालको रुपमा हेर्ने विभागले अन्य हिमालको भने जानकारी नराख्नु आफैंमा लज्जास्पद कुरा हो । विभागका अनुसार तथ्याङकमा भने १९५३ देखी २०१७ सम्मको मात्रै डाटा समेटिएको छ । विभागले २०१८ को डाटा भने तयारी गरीरहेको बताएको छ, तर २०१९ को डाटा कहिले आउने हो कुनै जानकारी छैन ।

नेपाल सरकारले १९५३ मा सगरमाथा आरोहणको लागि खुलागरेसँगै हाल सम्ममा ४ सय १४ हिमाल तथा पिकहरु खुला भईसकेको छ भने ८६ ओटा हिमाल तथा पिक भने अझै पनि खुलाएका छैनन् । १९५३ मा हिमाल आरोहण खुला गरे पछि सर एड्मण हिलारी र तेन्जिङ नोर्गे शेर्पाले पहिलो पटक सगरमाथामा पाईला टेकेका थिए । १९५३ पछि २०१७ सम्म आईपुग्दा नेपाल लगायत बिभिन्न देशका गरी ५ हजार ३ सय ४ जना पुरुष र ३ सय ५६ जना महिलाले सफल आरोहण गरिसकेका छन ।

जस मध्ये २ हजार ७ सय ६८ जना भने नेपाली रहेका छन । १९५३ मा तेन्जिङ नोर्गे शेर्पाबाट आरोहणको सुरु भए पनि २०१७ सम्म आईपुग्दा सो संख्या २ सय ४३ जना पुगेको विभागले जानकारी दिएको छ । तर यो तथ्याङक भने सगरमाथा आरोहण गर्नेको मात्रै हो । अन्य हिमालमा भने कतिले आरोहण गरे कुनै तथ्याङक फेला पार्न सकिएको छैन ।

तर विभागले २०१७ मा भने ८ हजार मिटर भन्दा तलको हिमाल आरोहण गर्नेहरुको तथ्याङक राखेको भए पनि सो भन्दा अगाडी र पछाडीको भने कुनै तथ्याङक राख्न सकेको छैन । २०१७ मा ८ हजार मिटर भन्दा तलको हिमाल आरोहण गर्नेहरुको संख्या भने ५ सय ५ जना रहेका छन । उनीहरुले आमादब्लाम, हिमलुङ, कन्चनजंघा लगायतका रहेका छन ।

विभागले नत आरोहीहरुको नै तथ्याङक राख्न सकेको छ, न त आरोहणको क्रममा मृत्यु हुनेहरुको नै संख्या एकिन गर्न सकेको छ । विभागले भने कर्मचारी अभावले गर्दा काम गर्न गाह्रो भईरहेको बताउँदै आएका छन । विभागका निर्देशक मिरा आचार्य भन्छिन, ‘२ जनाले के काम गर्ने ?’ ७७ जनाको दरवन्दि रहेको विभागमा एक बर्ष यता भने कर्मचारीको संख्या घटाएर २४ जना मात्रै राखेका छन ।

प्रतिक्रिया दिनुहोस्
MBL