Logo

उपत्यका बाहिरबाट सेयर लिलाममा आवेदन दिन सकिने, तोकियो १४ स्थान

उपत्यका बाहिरबाट सेयर लिलाममा आवेदन दिन सकिने, तोकियो १४ स्थान



काठमाडौं । अबका दिनमा उपत्यका बाहिरबाट पनि सेयरको लिलामी प्रक्रियामा आवेदन दिन पाईने भएको छ । धितोपत्रको हकप्रद निष्काशन प्रक्रियालाई थप सहज, समावेशी तथा लगानीमैत्री बनाउन हकप्रद निष्काशन पश्चात बिक्री नभएको हकप्रद सेयरको लिलाम प्रक्रियामा आवेदन दिनसक्ने व्यवस्था गरेको हो ।

laxmi

धितोपत्र बोर्डले काठमाण्डौ उपत्यका बाहिरका देशको प्रादेशिक संरचना, आर्थिक रुपमा सक्रिय तथा धितोपत्र कारोबारको अवस्था समेतका आधारमा उपत्यका बाहिरबाट पनि लिलामी प्रक्रियामा आवेदन लिन मर्चेन्ट बंैकरहरुलाई परिपत्र गरेको छ ।

बोर्डले प्रादेशिक रुपमा लिलामी प्रक्रियामा सामेत गराउन मर्चेन्ट बैंकरलाई परिपत्र गरेको हो । जसअनुसार प्रदेश नम्बर १ मा विराटनगर र विर्तामोड, प्रदेश नं २ मा विरगञ्ज र जनकपुर, ३ मा हेटौंडा र नारायणगढ, ४ मा पोखरा र वाग्लुङ, ५ मा वुटवल, घोराही र नेपालगञ्ज, ६ मा सुर्खेत र प्रदेश नम्बर ७ मा धनगढी र महेन्द्रनगरबाट आवेदन दिन सकिने छ ।

उक्त व्यवस्थाबाट हकप्रद सेयर लिलाम प्रक्रियामा लगानीकर्ताले सहज तथा सरल ढंगले आवेदन दिन सक्ने तथा धितोपत्र वजारको क्षेत्र अझ विस्तार भइ देशव्यापी हुने वोर्डको अपेक्षा रहेको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL