Logo

मंगलबार देखी निगमका ५ वटा जहाजले अन्तरराष्ट्रिय उडान भर्ने, गण्डकी सोमबार नेपाल आईपुग्ने

मंगलबार देखी निगमका ५ वटा जहाजले अन्तरराष्ट्रिय उडान भर्ने, गण्डकी सोमबार नेपाल आईपुग्ने



काठमाडौं । ४ ओटा जहाजले मात्रै अन्तरराष्ट्रिय उडान गरिरहेको नेपाल वायुसेवा निगमले मंगलबार देखी भने ५ वटा जहाजले उडान भर्ने भएको छ ।

हाल मलेसियामा मर्मत भईरहेको निगमको जहाज ७५७, ९एन एसीबी गण्डकी सोमबार आईपुग्ने भए पछि ५ वटा जहाजले अन्तरराष्ट्रिय उडान गर्ने भएको हो ।

निगमको जहाज गण्डकी करिब २ महिना अघि थर्मल ब्ल्याङकेट परिवर्तन गर्न मलेसिया पुर्याएको थियो । निगमका सह प्रवक्ता नवराज कोईरालाले सोमबार जहाज आए पछि ५ वटा जहाजले उडान भर्ने जानकारी दिएको हो ।

उक्त जहाज नेपाल आए पछि जनवरी २३ मा एयरबस ३२० न्यारोबडी भने सि जाँचको लागि सिंगापुर लाने भएको छ । त्यस्तै निगमको जहाज गण्डकीलाई समेत मार्च १ मा सि जाँचकै लागि सिंगापुर लाने कोइरालाले जानकारी दिएका हुन ।

मलेसिया पुगेको जहाजको थर्मल ब्ल्याङकेट सँगसँगै जहाजको सिडक्ट समेत परिवर्तन गर्नु पर्ने भए पछि जहाज आउन ढिला भएको निगमले जानकारी दिएको छ ।

निगमले उक्त जहाजलाई बिक्री गर्न तयार गरेको भए पनि पछिल्लो घटनाक्रमले गर्दा जहाज बिक्री नगरी संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयमा पत्र पठाएको थियो । तर मन्त्रालयले भने पुनः बोर्डमै छलफल गर्न जिम्मेवारी समेत दिएको छ कोईरालाले भने ।

त्यस्तै निगमको ग्राउण्डेड रहेको चिनियाँ जहाज वाई १२ र एनए ६० भने माघ महिना भित्रै संचालनमा ल्याउने गरि काम भईरहेको सहप्रवक्ता कोईरालाले जानकारी दिएका छन । ट्वीनअटर संचालनमा ल्याउन भने केही समय लाग्ने छ ।

laxmi

प्रतिक्रिया दिनुहोस्
MBL