Logo

थाईलाईन एयरले अगष्ट १ बाट उडान भर्ने, सलाम एयरलाई पनि काठमाडौं आउन अनुमति

थाईलाईन एयरले अगष्ट १ बाट उडान भर्ने, सलाम एयरलाई पनि काठमाडौं आउन अनुमति



काठमाडौं । थाइलाइन एयरवेजले नेपालबाट अगष्ट १ देनि उडान सुरु गर्ने भएको छ । जुलाई १ देखी उडान गर्ने तयारी गरेकोे थाईलाईनले उडान तालिका नमिले पछि अगष्ट १ देखी उडन गर्न लागेको हो ।

थाईलाईनले उडानको लागि दिउँसोको समय माग गरे पनि नेपालमा हवाई ट्राफिक हुने भन्दै नेपाल नागरिक उड्डयन प्राधिकरणले थाईलाईनलाई साँझको समय उपलब्ध गराएको प्राधिकरणले जानकारी दिएको छ ।

प्राधिकरणका अनुसार थाईलाईनले साँझको साढे ५ बजे काठमाडौँ अवतरण गर्ने र साढे ६ बजे उडान भर्ने गरी काठमाडौ—थाईल्याण्ड सिधा उडान गर्ने भएको छ ।

अनुमति पाएसँगै थाइलाईन एयरले बैंककबाट काठमाडौं उडान भर्ने भएको हो । थाइलायन एयरभन्दा पहिले थाइ एयरवेज र नेपाल वायुसेवा निगमले मात्र बैंककदेखि काठमाडौंको उडान भर्दै आएका थिए ।

यसैगरी प्राधिकरणले सलाम एयरलाई पनि ओमानको मस्कट देखी काठमाडौं सिधा उडान गर्न अनुमति दिएको छ । सलाम एयरले भने विहानको समयमा उडान भर्न कागजपत्र पेश गरेको प्राधिकरणका सुचना अधिकारी त्रिलोचन पौड्यालले जानकारी दिएका छन ।

laxmi

प्रतिक्रिया दिनुहोस्
MBL