Logo

क्यानले परीक्षण उडान गरेकोमध्ये १ स्थानबाट मात्रै नियमित उडान, बायु सेवा कम्पनी भन्छन्, सबै ठाउँमा जान सकिँदैन

क्यानले परीक्षण उडान गरेकोमध्ये १ स्थानबाट मात्रै नियमित उडान, बायु सेवा कम्पनी भन्छन्, सबै ठाउँमा जान सकिँदैन



काठमाडौ. । नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) ले तीन स्थानमा मात्र परीक्षण उडान सफल गरेको छ । क्यानले ईलाम, राजविराज र गुल्मीमा सफल रुपमा परीक्षण उडान गरेको हो ।

क्यानका एरोड्रम इन्जिनियरिङ विभागका निर्देशक धुब्र भोछिभोयाका अनुसार ती विमानस्थलहरुमा सफल उडान परीक्षण भएको र अबका दिनमा एयरलाईन्सहरुले उडान गर्न सक्ने बताए ।

परीक्षण उडान सफल भएका मध्य राजविराज विमानस्थल नियमित उडानमा आईसकेका छन भने अन्य २ विमानस्थलमा अझै नियमित उडान हुन सकेको छैन । भोछिभोयाका अनुसार क्यानले विगतमा जस्तै काम चलाउ एयरपोर्ट मात्र बनाएको र एयरलाईन्सहरुले नियमित उडान गर्दै गयो भने विमानस्थलको थप अपग्रेडिङ गर्दै जाने बताए ।

तर, नियमित उडान गर्ने सम्बन्धमा क्यानको उल्लेख्य भुमिका नहुने उनको भनाई थियो । नियमित उडानको लागि एयरलाईन्सहरुले नै चासो दिनुपर्ने उनको तर्क थियो ।

बुद्ध एयरका मार्केटिङ म्यानेजर रुपेश जोशीले भने परीक्षण उडान भएको सबै ठाउँमा जान नसकिने बताए । तर, राजविराजमा भने आफुहरु जाने तयारीमा रहेको बताएका छन ।

राजविराज उडानको लागि प्रकृयामा रहेको र केही समय भित्र नै बुद्ध एयरले राजविराजमा पनि सेवा दिने जोशीले जानकारी दिएका हुन ।

laxmi

प्रतिक्रिया दिनुहोस्
MBL