Logo

धेरै नाफा कमाउने सरकारी संस्थामा टेलिकम पहिलो, यी हुन् ‘बिग फाइभ लुजर’

धेरै नाफा कमाउने सरकारी संस्थामा टेलिकम पहिलो, यी हुन् ‘बिग फाइभ लुजर’



काठमाडौं । सञ्चालनमा रहेका ३७ ओटा सार्वजनिक संस्थानमध्य आर्थिक वर्ष २०७३/७४ मा २६ ओटा संस्था नाफामा रहेका छन् । अर्थमन्त्री डा.युवराज खतिवडाले आइतबार प्रतिनिधि सभा र राष्ट्रिय सभामा पेस गरेको सार्वजनिक संस्थानको समिक्षा प्रतिवेदन अनुसार बाँकी ११ ओटा संस्थान घाटामा गएको देखाएको छ ।

निरन्तर घाटामा गएर आलोचित सरकारी संस्थानहरु यस पटक नाफामा जाँदा सरकारको लगानी सदुपयोग भएको देखिन्छ ।

समिक्षा प्रतिवेदनमा नाफामा गएका २६ संस्थाले उक्त आर्थिक वर्षमा ४२ अर्ब ६७ करोड रुपियाँ नाफा गरेको देखाइएको छ । यो नाफा सो आर्थिक वर्षको अघिल्लो वर्षको तुलनामा ४.८३ प्रतिशतले बढी हो ।

नाफामा रहेका सरकारी संस्थानमध्य नेपाल टेलिकम सबैभन्दा अगाडी छ । टेलिकमले सो वर्ष १५ अर्ब ३७ करोड रुपैयाँ नाफा पुगेको छ ।

त्यस्तै दोस्रोमा रहेको नेपाल आयल निगमले १० अर्ब ४१ करोड,नेपाल बैंकको ३ अर्ब ११ करोड, राष्ट्रिय वाणिज्य बैंकको २ अर्ब ७७ करोड र कृषि विकास बैंकको २ अर्ब ५६ करोड नाफा रहेको छ ।

पाठ्यपुस्तक प्रकाशन गर्ने जनक शिक्षा सामग्री केन्द्र सबैभन्दा धेरै घाटामा रहेको छ । सो वर्ष केन्द्र ३१ करोड ३२ लाख रुपैयाँ घाटामा रहेको छ । त्यस्तै दुग्ध विकास संस्थान २१ करोड ३९ लाख, नेपाल खानेपानी संस्थान २० करोड ७९ लाख, नेपाल औषधि लिमिटेड १३ करो ८७ लाख र नेपाल ओरिण्ड म्याग्नेसाइएट ११ करोड ९५ लाख रुपैयाँ घाटा गएको छ ।

laxmi

प्रतिक्रिया दिनुहोस्
MBL