Logo

प्रम ओलीको भारत भ्रमणमा वीरगञ्जको एकीकृत भन्सार जाँच चौकीको उद्घाटन

प्रम ओलीको भारत भ्रमणमा वीरगञ्जको एकीकृत भन्सार जाँच चौकीको उद्घाटन



काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीको भारत भ्रमणको क्रममा वीरगञ्ज स्थित एकीकृति भन्सार जाँज चौकी (आईसीपी) को उद्घाटन भएको छ । प्रम ओली र उनका भारतीय समकक्षी नेरेन्द्र मोदीले दिल्लीस्थित हैदराबाद हाउसबाट उक्त जाँच चौकीको संयुक्त रुपमा उद्घाटन गरेका हुन् ।

दुई देशबीको सीमा नाकामा भन्सारसँग सम्बन्धित सबै सुविधा एकै ठाउँमा उपलब्ध गराई व्यापारमा सहजता ल्याउने उद्देश्य अनुरुप अनुरुप उक्त जाँच चौकीको निर्माण गरिएको हो । उक्त जाँच चौकी निर्माणका लागि भारत सरकारले १ अर्ब ३९ करोड रुपैयाँ लगानीमा गरेको छ ।

उक्त एकिकृत जाँच चौकीमा अध्यागमन, भन्सार, अतिरिक्त गोदाम, बैंक, होटेल, सुरक्षा, पशु र वनस्पति क्वारेन्टाइन, प्रयोगशाला, खाद्य प्रविधि र गुण नियन्त्रण कार्यालय, पार्किङलगायतका सुविधा एउटै ठाउँमा उपलब्ध हुनेछ ।

laxmi

प्रतिक्रिया दिनुहोस्
MBL