Logo

एउटै व्यक्तिले दुईथरी भत्ता लिन नपाउने, एकद्वार प्रणाली लागू गरिँदै

एउटै व्यक्तिले दुईथरी भत्ता लिन नपाउने, एकद्वार प्रणाली लागू गरिँदै


बिजखबर संवाददाता
0
Shares

काठमाडौं । सरकारले आफ्ना नागरिकलाई वितरण गर्दै आएको सामाजिक सुरक्षा भत्तालाई एकिकृत प्रणालीमा ल्याउने भएको छ । एकै व्यक्तिले धेरै थरी सामाजिक सुरक्षा उपयोग गर्दै आएकाले त्यसलाई रोक्न एकद्वार प्रणाली लागू गर्न लागेको हो ।

हाल एउटै व्यक्तिले बृद्ध भत्ता, पेन्सन, तथा अपाङग भत्ता समेत लिँदै आएका छन् । अबका दिनमा एउटा व्यक्तिले एउटा मात्र सामाजिक सुरक्षामा स्किम लिन पाउने गरी कानुन बनाउन लागिएको अर्थमन्त्री डा. युवराज खतिवडाले जानकारी दिए ।

सरकारले आफ्ना नागरिकलाई सामाजिक सुरक्षाका नाममा नगद प्रवाहभन्दा पनि अन्य सुरक्षाका कार्यक्रम ल्याउन लागेको उनले बताए । ‘सामाजिक सुरक्षाका नाममा राज्यले आफ्ना नागरिकलाई धेरै थरी सुविधा दिन सक्छ,’ उनले भने, ‘सरकारले सोही अनुरुप तयारी गरिहेको छ ।’

साथै नगदको सट्टा स्वास्थ्य बीमा योजना, सुपथ मूल्यमा सामान उपलब्ध, शिक्षा, स्वास्थ्यजस्ता क्षेत्रलाई सामाजिक सुरक्षाको दायरामा ल्याएर नागरिकको सुरक्षा गरिने समेत उनको भनाई थियो । अहिले सामाजिक सुरक्षाका नाममा नगद मात्र प्रबाह गर्दा अव्यस्थित भएको भन्दै त्यसलाई समेत व्यवस्थित गर्न सामाजिक सुरक्षाका अन्य कार्यक्रम ल्याउन लागिएको उनको दावी थियो ।

laxmi

प्रतिक्रिया दिनुहोस्
MBL