Logo

चाइना गेजुवासँग बुढीगण्डकी आयोजना निर्माणको सम्झौता खारेज

चाइना गेजुवासँग बुढीगण्डकी आयोजना निर्माणको सम्झौता खारेज


बिजखबर संवाददाता
27
Shares

काठमाडौं । सरकारले चाइना गेजुवा वाटर एण्ड पावर ग्रुप कम्पनी लिमिटेडसँगको सम्झौता खारेज गरेको छ ।

मन्त्रिपरिषदको सोमबार बसेको बैठकले बुढीगण्डकी जलाशययुक्त आयोजना अघि बढाउने विषयमा गेजुवासँगको सम्झौत खारेज गरेको हो ।

संसदीय समितिहरुको निर्देश्न बमोजिम सम्झौता खारेज गरिएको उपप्रधान तथा उर्जामन्त्री कमल थापाले जानकारी दिए ।

कम्पनीसँग १ हजार २ सय मेगावाट क्षमताको बुढीगण्डकी आयोजना वितृत डिजाइन, निर्माण र लगानीलगायत बारे समझदारीपत्रमा हस्ताक्षर भएको थियो ।

अघिल्लो सरकारले गरेको सो एमओयु मन्त्रिपरिषदको बैठकले सीजीजीसी खारेज गरेको हो ।अनियमित तथा हचुवा ढंगले गरेको सम्झौता खारेज गरेको उपप्रधान तथा ऊर्जामन्त्री थापाले जानकारी दिए ।

laxmi

प्रतिक्रिया दिनुहोस्
MBL