Logo

आजदेखि नारायणगढ–मुग्लिन सडकमा राति गाडी नचल्ने

आजदेखि नारायणगढ–मुग्लिन सडकमा राति गाडी नचल्ने


बिजखबर संवाददाता
0
Shares

काठमाडौं । आइतबारदेखि मुग्लिन–नारायणगढ सडकखण्ड राती १० घण्टा बन्द गरिने भएको छ । निर्माणाधिन सडकखण्डमा रात्रीको समयमा मानवीय क्षती भएको भन्दै बन्द गर्न लागेको हो ।

व्यवस्थापिका संसदको विकास समितिले सो सडक खण्डमा रातीको समयमा तत्काल रोक लगाउन निर्देशन दिएको थियो । सोही अनुरुप आइतबारदेखि रातीको समयमा १० घण्टा सडक बन्द गर्न लागिएको हो ।

आइतबारदेखि मुग्लिनतर्फबाट साँझ ७ बजे र नारायणगढतर्फबाट ६ बजेदेखि यातायात रोकिनेछ । त्यस्तै बिहान मुग्लिनबाट ५ बजे र नारायणगढतर्फबाट ४ बजे यातायात खुला गरिनेछ ।

समितिले रातीको समयमा सवारी आवागमन रोका गरी सडक विस्तार कार्यलाई तिब्रता दिन निर्देशन दिएको थियो । तर निर्माण कम्पनीले भने रातीको समयमा मजुरलाई पनि समस्या पर्ने भन्दै रातीको समयमा काम गर्न नसकिने बताउँदै आएको छ ।

laxmi

प्रतिक्रिया दिनुहोस्
MBL