Logo

आयात ३५ प्रतिशतले बढ्दा निर्यात ९.८ प्रतिशतमा सिमित, ब्यापार घाटा ७४७ अर्ब पुग्यो

आयात ३५ प्रतिशतले बढ्दा निर्यात ९.८ प्रतिशतमा सिमित, ब्यापार घाटा ७४७ अर्ब पुग्यो


बिजखबर संवाददाता
27
Shares

काठमाडौं । चालू आर्थिक बर्षको पहिलो १० महिनामा आयात ३४ दशमलव ९ प्रतिशतले बढ्दा निर्यात ९ दशमलव ८ प्रतिशतले बढ्न पुगेको छ ।

सो अबधिमा ८ खर्ब ८ अर्ब रुपैयाँको आयात हुँदा कुल निर्यात ६१ अर्ब २ करोड रुपैयाँको मात्र निर्यात भएको छ । समीक्षा अवधिमा भारततर्फ १५ प्रतिशत, चीनतर्फ ५ दशमलव ६ प्रतिशत र अन्य मुलुकतर्फ ३ दशमलव १ प्रतिशतले निर्यात बढेको छ । वस्तुगत आधारमा जुस, पिना, जुटका समान, जीआई पाईप, चाउचाउ लगायतका वस्तुको निर्यात बढेको छ भने उनी गलंैचा, तयारी पोशाक, अलँैची, पोलिष्टर धागो, चिया लगायतका वस्तुहरुको निर्यात घटेको छ ।

समीक्षा अवधिमा कुल वस्तु आयात ३४ दशमलव ९ प्रतिशतले बढेको छ । तर, अघिल्लो वर्षको सोही अवधिमा यस्तो आयात ४ दशमलव ६ प्रतिशतले घटेको थियो । समीक्षा अबधिमा भारतबाट भएको आयात ४३ दशमलव ७ प्रतिशत, चीनबाट भएको आयात १२ दशमलव ५ प्रतिशत र अन्य मुलुकबाट भएको आयात २६ दशमलब ९ प्रतिशतले बढेको छ ।

वस्तुगत आधारमा पेट्रोलियम पदार्थ, यातायातका साधन तथा पार्टपूर्जा, एमएस बिलेट, हवाईजहाजका पार्टपुर्जा, अन्य मेशिनरी तथा पार्टपुर्जा लगायतका वस्तुको आयात बढेको छ । तर सो अबधिमा रासायनिक मल, औषधि, कोल्डरोल सीट ईन क्वाईल, ड्राईसेल ब्याट्री, सुपारी लगायतका वस्तुहरुको आयात घटेको छ ।

१० महिनाको अवधिमा कुल वस्तु व्यापार घाटा ३७ दशमलव ५ प्रतिशत अर्थात ७ खर्ब ४७ अर्ब ६५ करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो व्यापार घाटा २ दशमलव ४ प्रतिशतले घटेको थियो । समीक्षा अवधिमा निर्यात–आयात अनुपात ७ दशमलब ५ प्रतिशत रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो अनुपात ९ दशमलव ३ प्रतिशत रहेको थियो ।

laxmi

प्रतिक्रिया दिनुहोस्
MBL