Logo

ब्रिफकेश मै किन राखिन्छ ‘बजेट बुक’ (अर्काइभबाट)

ब्रिफकेश मै किन राखिन्छ ‘बजेट बुक’ (अर्काइभबाट)


बिजखबर संवाददाता
54
Shares

काठमाडौं । अर्थमन्त्रीले संसदमा बजेट कितावलाई ब्रिफकेशमा लिएर जाने चलन छ । रिवनले बाधी त्यसमाथी लाहाछाप लगाएको ब्रिफकेशलाई संसद भवनमा गएपछि अर्थमन्त्रीले वाचन गर्ने बेलामा मात्र खोलीन्छ । आखिर किन राखिन्छ त ब्रिफकेशमै बजेट बुक ?

सन् १९२१ मा बेलायतका तत्कालिन प्रधानमन्त्रीले पहिलो पटक बजेट बनाउँदा उक्त गोप्य दस्तावेजलाई ब्रिफकेशमा लगेर संसदमा प्रस्तुत गरेका थिए । त्यसैलाई अनुसरण गर्दै नेपालमा पनि ब्रिफकेशमा लगेर संसदमा पढ्ने गरिएको नेपालमा पूर्व अर्थमन्त्रीहरु बताउँछन् ।

ब्रिफकेशमा बजेट बुक राखेर संसदमा लैजाने चलन बेलायतबाट भित्र्याइएको र गोप्य दस्तावेज भएकाले सुरक्षित साथ लैजान त्यस्तो गरिएको पूर्व अर्थ मन्त्री डा. रामशरण महत बताउँछन् । नेपालमा सवैभन्दा बढी ६ पटक बजेट प्रस्तुत गरेका पूर्व अर्थमन्त्री महत बेलायतको अनुसरण तथा सुरक्षित र गोप्य राख्नका लागि ब्रिफकेशको प्रयोग गएिको सुनाउँछन् । ‘यसको कुनै वास्तविक कारण छैन,’ उनले भने, ‘विश्वमा बेलायतले पहिलो पटक जुन तरिकाबाट बजेट प्रस्तुत गर्यो अरुले पनि त्यसैलाई अनुसरण गर्दै आएका छन् ।’

यसैगरी पूर्व अर्थमन्त्री सुरेन्द्र पाण्डे पनि त्यस्तै तर्क अघि सार्छन । ‘बेलायतले पहिलो पटक बजेट प्रस्तुत गर्दा ब्फिकेशको प्रयोग गरेको थियो,’ उनले भने, ‘बजेटमा विभिन्न किसिमका करका दर निर्धारण गरिने र उक्त विषय गोप्य राख्नु पर्ने भएकाले ब्रिफकेश प्रयोग गरिएको हो ।’ नेपालमा पहिलो पटक २००८ सालमा सुवर्ण सम्शेरले बजेट प्रस्तुत गर्दा पनि ब्रिफकेशमै लगेर वाचन गरेका र अहिलेसम्म पनि सोही प्रथालाई नरन्तरता दिइँदै आएको उनको भनाइ छ ।

‘त्यतिवेला सुवर्ण शम्सेरले कस्तो खालको ब्रिफकेश प्रयोग गर्नुभयो थाहा छैन,’ उनले भने, ‘तर, जस्तो खालको भएपनि ब्रिफकेशमै लगेर पढिएको थियो ।’ नेपालमा बजेट प्रस्तुत गर्दा अर्थ मन्त्रीले सोही दिन मन्त्रिपरिषद्मा लगेर व्रिफिङ् गराउने चलन छ । सामान्य ब्रिफिङ गराएपछि त्यसमा लाहाछाप लगाई रिवनले बाधेर मन्त्रिपरिषद्बाटै बजेट प्रस्तुतको लागि सिधै संसद भवनमा गईन्छ ।

मन्त्रिपरिषद्मा ब्रिफिङ गराएपछि अर्थमन्त्रीले पस्तुत नगरुन्जेलसम्म वाहिर नओस भन्नका लागि त्यहाँबाट अर्थमन्त्रीसहित अन्य मन्त्रिहरुपनि सँगसँगै संसदमा जाने गरेको डा. महत बताउँछन् ।

laxmi

प्रतिक्रिया दिनुहोस्
MBL