Logo

पत्याउनुहुन्छ ! पाँच बर्षपछि प्रतिलिटर ५० रुपैयाँभन्दा कम हुनेछ पेट्रोल

पत्याउनुहुन्छ ! पाँच बर्षपछि प्रतिलिटर ५० रुपैयाँभन्दा कम हुनेछ पेट्रोल


बिजखबर संवाददाता
27
Shares

त्यसो त नियमित पेट्रोल पाउनु नै नेपालमा आफैमा ठूलो उपलब्धी हो । बारम्बारको हड्तालका कारण आपूर्तीमा समस्या हुँदा पेट्रोलको अभाव भएर कालोबजारीमा यसको विक्रि वितरण हुने विषय पनि नेपाली बजारमा नौलो होइन । यस्तो अवस्थामा दोब्बर मुल्यमा पनि पेट्रोलको विक्रि वितरण भएका कैयौं उदाहरण छन् । तर, यस्तै परिस्थतीमा एउटा खुसिको खबर छ । अबको पाँच बर्षपछि पेट्रोलको प्रयोग गर्दै जाने र यसको मूल्य पनि ५० रुपैयाँभन्दा कम हुने एक अध्ययनले देखाएको छ ।

सोलार तथा नविकरणीय उर्जामा काम गर्दै आएको प्रसिद्ध भविष्य अनुमान गर्ने अमेरिकी कम्पनी टोनी सेबाले गरेको भविष्यवाणी हो यो । यो कम्पनीका अनुसार नविनतम प्रविधिको प्रयोगले पेट्रोल माथिको निर्भरता घट्दै जाने र यसले मुल्य पनि घटाउनेछ । टोनी सेबाले विगतमा सोलारको मूल्य १० गुणाले बढ्ने अनुमान गरेको थियो जुन् पछि वास्तविकतामा पनि परिणत भएको थियो । कम्पनीको यो अनुमान सहि हुन् अथवा हुँदैन त्यसको नतिजा भने आउन भने बाँकी नै छ ।

सेबाका अनुसार स्वचालित कारको बढ्दो प्रयोगले पेट्रोलको समग्र उपभोग घटेर प्रति ब्यारेल २५ डलरसम्म घट्ने प्रक्षेपण छ । ‘सन् २०२० – २०२१ सम्म पेट्रोलको माग बढेपनि त्यसपछि १० करोड ब्यारेलदेखि दश बर्षभित्र सात करोड ब्यारेलमात्र यसको प्रयोग हुेनछ र त्यसले प्रति ब्यारेल २५ डलरसम्म घटाउनेछ’ सेबाले सीएनबीसीलाई भनेको छ ।

मानिसहरुले पुराना कार चढ्न नछाडेपनि विद्युतीय कारको प्रयोग सस्तो हुने भएकोले प्रयोग व्यापक बढ्दै जाने कम्पनीकोदाबी छ । सेबाले यसअघि पनि सन् २०३० सम्म ९५ प्रतिशत मानिसले कारको प्रयोग नगर्ने अनुमान गरेको थियो ।

laxmi

प्रतिक्रिया दिनुहोस्
MBL