Logo

विदेश सामान पठाउदै हुनुहुन्छ ? शुल्क वृद्धिले ‘कुरियर’ सेवा बन्द

विदेश सामान पठाउदै हुनुहुन्छ ? शुल्क वृद्धिले ‘कुरियर’ सेवा बन्द


बिजखबर संवाददाता
54
Shares

काठमाडौं । त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थल (टिआइए) बाट सामान बाहिर पठाउँदै हुनुहुन्छ भने याद राख्नुहोस कुरियर सेवा बन्द भएको छ । नेपाल कुरियर सेवा संघले आइतवारदेखि कुरियर सेवा बन्द गरेको हो । कुरियरमा प्रतिकेजी ५ रुपैयाँ शुल्क लगाउने निर्णय पश्चात सेवा नै बन्द गरेको संघका वरिष्ठ उपाध्यक्ष गोविन्द ढुंगेलले जानकारी दिए ।

सरोकारवालाहरुसँग छलफल नै नगरी नेपाल पारवहन तथा गोदाम व्यवस्थापन कम्पनी लिमिटेडले आफुखुसी चर्को शुल्क बृद्धि गरेको भन्दै आयात निर्यातसँग सम्वन्धित १४ संस्थासँग मिलेर कुरियर संघ समेत आन्दोलनमा उत्रिएको हो ।

एक्सप्रेस कुरियरतर्फ आयत निर्यातमा प्रतिकेजी पाँच रुपैयाँ शुल्क तोकिएको छ । साथै जिवित जनावर आयात वा निर्यात गर्दा महुमूल्य मालसामान आयात वा निर्यात गर्दा लाग्ने दस्तुरको दोब्वर रुपैयाँ लाग्ने नियम आइतवारदेखि लागु गरेको हो । यसअघि ५०० केजी भन्दा कममा १ सय ४० र माथिकोमा २ सय ५० रुपैयाँ दस्तुर तिर्नुपर्ने नियम थियो ।

त्यस्तै नेपाल पारवहन तथा गोदाम व्यवस्था कम्पनी लिमिटेडले कार्गो व्यवस्थापनको शुल्क १३ गुणासम्म वृद्धि गरेपछि शुल्क घटाउन माग गर्दै आयात–निर्यातकर्ताहरुले आन्दोलन गरेका हुन् ।

कार्गो व्यवस्थापनको शुल्क नघटाएसम्म आन्दोलन जारी राख्ने नेपाल फ्रेट फरवार्डर्स एसोसिएसनका निवर्तमान अध्यक्ष राजन शर्माले जानकारी दिए । आयात–निर्यातकर्तालाई कुनै जानकारी नदिई कार्गो व्यवस्थापन शुल्क मनपरी ढंगले वृद्धि गरेको व्यवसायीको आरोप छ ।

‘हामीसँग कुनै पनि छलफल नगरी शुल्क वृद्धि गरिएकोले आयात निर्यात रोक्न बाध्य भएका हौं’ उनले भने । शुल्क वृद्धिले मुुलुकको निर्यात व्यापारलाई पनि असर पुर्याउने उनले बताए । शुल्क बृद्धिले दैनिक उपभोग्य सामानको मूल्य बढाउनुका साथै निर्यात निरुत्साहित भई नेपालको अन्तरराष्ट्रिय व्यापारमा ठूलो असर पुग्ने उनको भनाई थियो ।

laxmi

प्रतिक्रिया दिनुहोस्
MBL