Logo

धनी बन्ने रहर छ ?, ऋण बोक्नुहोस

धनी बन्ने रहर छ ?, ऋण बोक्नुहोस


बिजखबर संवाददाता
0
Shares

पैसा बारेको सोंचकै कारण यसको सहि व्यवस्थापन नभएको हुन सक्छ । दैनिकी र खर्च गर्ने प्रवृत्तिले पनि पैसा बारे मानिसको सोंच र बचतको तालमेल नमिलेको हुन सक्छ ।

केहि यस्ता सोंच छन् त्यसलाई बदल्ने हो भने धनी बन्दै जाने रहर पनि पुरा हुने मार्केट वाच डटकमको अध्ययनले देखाएको छ । केहि सुझाव यस्ता छन

nepali money

 

 

  • तपाइको तलब सबै बचत होइन । तलब भन्दा पनि खुद आम्दानी महत्वपूर्ण हुन्छ । धेरै तलब हुँदैमा आफै धनि बनिन्छ भन्ने सोंचाइ गलत हो । बचतले नै कमाइको अर्थ पुरा गर्छ ।

 

  • लगानी भन्दा पनि बचत महत्वपूर्ण हो । लगानी त्यस्तो ठाउँमा गर्नुस जहाँबाट बचत पनि धेरै हुन्छ ।

 

  • डेबिट र क्रेडिट कार्ड प्रयोग गर्न छाड्नुहोस ।

 

  • आवश्यकताभन्दा धेरै बस्तुको प्रयोग गर्दै नगर्नुहोस ।

 

  • ऋण व्यक्तिका लागि महत्वपूर्ण माध्यम हो । निश्चित सिमामाा ऋण राख्न सके त्यसले बचत गर्ने बानीलाई प्रोत्साहन गर्छ ।

 

  • खर्चको प्राथमिकता निर्धारण गर्नुहोस । जस्तो अघिल्लो महिना के के कुरामा खर्च भयो त्यसको सुची बनाउनुहोस । त्यहिं सुची अनुसार अनावश्यक खर्चलाई कटौती गर्नुहोस ।

 

  • सबै विषयलाई नियन्त्रणमा राख्नुहोस । ढिला गरेर अतिरिक्त शुल्क तिर्ने भन्दा पनि खर्चका क्षेत्रलाई व्यवस्थापन गर्नुहोस ।

 

  • धेरै मुल्यका सामान खरिद गर्दा निकै ध्यान पुर्याउनुपर्छ । धेरै समयसम्म प्रयोग गर्न सकिने गरी त्यस्ता सामान खरिद गर्नु उपयुक्त हुन्छ ।

 

  • बचत खातामा जोड दिनुहोस । आफूसँग केहि मात्र रकम राखेर बाँकी रकमलाई मचत खातामै राख्ने प्रयास गर्नुहोस ।

 

  • हरेक बर्ष बचतको दर बढाउदै जानुहोस ।

 

  • आफ्ना साथी र खर्च गर्ने व्यक्ति छनोट गर्दा निकै होसियारी पुर्याउनुहोस ।

 

  • पैसाको बारेमा कुरा गर्नुहोस । राजनीतिभन्दा नियमित यसका कुरा गर्दै जाँदा पनि बचतका लागि प्रोत्साहन गर्छ ।

 

  • पैसा तथा अर्थतन्त्रसँग सम्बन्धित पुस्तक नियमित अध्ययन गर्नुहोस ।

तस्वीर  :सीएनटाइम्स

laxmi

प्रतिक्रिया दिनुहोस्
MBL