Logo

नेपालको सुनचाँदी व्यवसाय, खल्ती र हुण्डीबाटै पुग्छ भारतमा वार्षिक १८ अर्ब

नेपालको सुनचाँदी व्यवसाय, खल्ती र हुण्डीबाटै पुग्छ भारतमा वार्षिक १८ अर्ब


बिजखबर संवाददाता
0
Shares

काठमाडौं । नेपालको सुनचाँदीको गरगहना बनाउने व्यवसाय भारतीय कालीगढमा निर्भर रहँदा व्यक्ति र हुण्डीबाट पैसा वाहिरिने क्रम बढेको छ । हाल वार्षिक १८ अर्ब रुपयाँभन्दा बढी रकम हुण्डी र व्यक्तिगत रुपमा भारतीय बजारमा पुग्ने गरेको नेपाल सुनचाँदी व्यवसायी महासंघका निवर्तमान अध्यक्ष मणिरत्न शाक्यले बताए ।

नेपालमा सुनचाँदीको गरगहना बनाउने व्यवसायमा ८० प्रतिशतभन्दा बढी कालिगढ भारतीय छन् । उनीहरुले ज्यालावापतमात्र सो रकम भारत लैजाने गरेका हुन् । त्यसैगरी गहना बनाउँदाको जर्दी र अन्य गरी अझै ठूलो मात्रामा नेपालबाट हुण्डी मार्फत भारत पैसा पुग्ने गरको शाक्यको तर्क छ ।

नेपालको गरगहना बनाउने व्यवसाय भारतीय कालीगढमा निर्भर रहँदा उनीहरुले कमाएको रकम राज्यको कर प्रणालीमा समेत आउने गरेको छ । कामदारले राज्यलाई सामाजिक सुरक्षा कर, आयकरजस्ता कर तिर्नुपर्ने भएपनि सो क्षेत्रमा भारतीय कालिगढ ल्याउँदा राज्य त्यसमा चुकेको छ । ‘गरगहना बनाउने व्यवसाय भारतीय कालिगढमा निर्भर रहँदा व्यवसायीको करोडौं रुपैयाँका सुनचाँदी हराउनुका साथै राज्यले कर समेत गुमाइरहेको छ,’ उनले भने, ‘तर, यस विषयमा राज्यले कुनै चासो देखाएको छैन ।’

भारतीय कालिगढले कमाएको रकम हुण्डीमार्फत विदेशीमा पनि राज्य मौन भएर बसेको सम्बद्ध सरोकारवालाहरुको आरोप छ । यदि गरगरहना निर्माण क्षेत्रमा नेपाली कामदार नै तयार पार्ने हो भने सो रकम नेपालमै बस्ने र नेपालको अर्थतन्त्र उकास्न ठूलो सहयोग पुग्ने सम्बद्ध व्यवसायीहरु बताउँछन् ।

laxmi

प्रतिक्रिया दिनुहोस्
MBL