Logo

सरकारी कोषमा थन्कियो ६६ अर्ब लगानीयोग्य पूँजी, तर, दातासँग हात थाप्दै सरकार

सरकारी कोषमा थन्कियो ६६ अर्ब लगानीयोग्य पूँजी, तर, दातासँग हात थाप्दै सरकार


बिजखबर संवाददाता
0
Shares

काठमाडौं । सरकारको विभिन्न कोषमा झण्डै ६६ अर्ब रुपैयाँ थन्किएर वसेको छ । विभिन्न क्षेत्र सुधारका लागि सरकारले कोष खडा गरेर रकम जम्मा गरेपनि सोही अनुरुप परिचालन हुन नसक्दा थन्किएर वसेको हो ।

महालेखा परीक्षकले सार्वजनिक गरेको पछिल्लो तथ्याङ्क अनुसार हाल सरकारको विभिन्न कोषमा ६५ अर्ब ८१ करोड ७७ लाख रुपैयाँ थन्किएर बसेको छ । सरकारले आफु मातहतका विभिन्न मन्त्रालय अन्तरगत क्षेत्रगत कोष खडा गरेको थियो । जस अन्तरगत ठूलो रकम जम्मा भएपनि परिचालन हुन सकेको छैन ।

प्रधानमन्त्री राहत कोष, ग्रामीण दूरसंचार विकास, कोष, वैदेशिक रोजगारी प्रवद्र्धनका लागि स्थापना गरिएको वैदेशिक रोजगार प्रवद्र्धन बोर्ड, राष्ट्रिय स्तरको कल्याकारी कोष तथा रक्षा र गृह मन्त्रालय अन्तरगत रहेको कल्याणकारी कोषमा अबौं रुपैयाँ जम्मा भएपनि खर्च हुन सकेको छैन ।

सरकारले सो रकमलाई सोही क्षेत्रको विकास तथा आन्तरिक रुपमा ऋण लिएर विभिन्न परियोजनामा लगानीगर्न सक्ने भएपनि सरकारले विभिन्न दातृनिकायसँग ऋणको खोजी गरिरहेको छ । तर, आफुसँग भएको लगानीयोग्य रकमको भने परिचालन गर्न सकेको छैन । उक्त कोषमा जम्मा भएको रकमबाट जलविद्युत तथा ठूला पूर्वाधार निर्माण गर्न सकिने छ ।

महालेखाले सार्वजनिक गरेको विवरण अनुसार सवैभन्दा बढी रकम रक्षा मन्त्रालय अन्तरगतको सैनिक कल्याणकारी कोष, गृह मन्त्रालय अन्तरगतको प्रहरी कल्याणकारी कोष, श्रम तथा रोजगार मन्त्रालय अन्तरगतको विभिन्न कोष, सूचना तथा संचार मन्त्रालय अन्तरको कोषमा रहेको छ । सुचना तथा संचार मन्त्रालय अन्तरगतको ग्रामीण दुरसंचार विकास कोषमा झण्डै सवा १० अर्व रुपैयाँ थन्किएर वसेको छ भने श्रम मन्त्रालय अन्तरगतको विभिन्न कोषमा झण्डै १२ अर्ब रुपैयाँ जम्मा भएर वसेको छ ।

laxmi

प्रतिक्रिया दिनुहोस्
MBL