Logo

कोरोना कहर : विश्वभर कोरोना संक्रमित मध्ये २३ लाख जना निको, ३ लाख ४६ हजार बढीको मृत्यु (अपडेट)

कोरोना कहर : विश्वभर कोरोना संक्रमित मध्ये २३ लाख जना निको, ३ लाख ४६ हजार बढीको मृत्यु (अपडेट)



काठमाडौं । विश्वमा कोरोना महामारीका कारण करीब २३ लाख संक्रमित निको भएका छन् । पछिल्लो तथ्यांकका अनुसार ५४ लाख ९२ हजार बढी संक्रमित मध्ये २२ लाख ९९ हजार उपचार पछि निको भएका छन् । यस्तै संक्रमित मध्ये मृत्यु हुनेको संख्या ३ लाख ४६ हजार नाघेको छ ।

laxmi

५३ हजार २ सय बढी संक्रमितको अबस्था गंभिर छ भने बाँकीको अवस्था मध्यम रहेको छ । पछिल्लो तत्थ्यांक अनुसार अमेरिकामा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या १ लाख नजिक पुगेको छ । संक्रमितको संख्या १६ लाख ८५ हजार नाघेको छ ।

बेलायतमा २ लाख ५९ हजार संक्रमित मध्ये ३६ हजार ७ सय बढीको मृत्यु भएको छ । इटालीमा २ लाख २९ हजार ८ सय संक्रमित र ३२ हजार ७ सय बढीको मृत्यु भएको छ ।

फ्रान्समा १ लाख ८२ हजार ५ सय बढी संक्रमित हुंदा मृत्यु हुनेको संख्या २८ हजार ३ सय नाघेको छ । यस्तै स्पेनमा २ लाख ८२ हजार ८ सय बढी कोरोना संक्रमित मध्ये २८ हजार ७ सय बढीको मृत्यु भएको छ ।

ब्राजिलमा ३ लाख ६३ हजार २ सय बढी संक्रमित हुंदा २२ हजार ६ सय बढीको मृत्यु भएको छ । उता जर्मनीमा १ लाख ८० हजार ३ सय बढी संक्रमित र ८ हजार ३ सय बढीको मृत्यु भएको छ ।

चीनमा ८२ हजार ९ सय ७४ कोरोना संक्रमित हुंदा मृत्यु हुनेको संख्या ४ हजार ६ सय ३४ पुगेको छ । रसियामा ३ लाख ४४ हजार ४ सय बढी संक्रमितमा मृत्यु हुनेको संख्या ३ हजार ५ सय नाघेको छ ।

यसैगरी भारतमा कोरोना संक्रमितको संख्या १ लाख ३८ हजार ५ सय नाघ्दा ४ हजार २४ जनाको मृत्यु भएको छ । पाकिस्तानमा हालसम्म १ हजार १ सय ३३ जनाको मृत्यु हु्ँदा ५४ हजार ६ सय बढी संक्रमित भएका छन् ।

प्रतिक्रिया दिनुहोस्
MBL