Logo

नेपालमा सोमबार एकैदिन अहिलेसम्मकै धेरै कोभिड –१९ संक्रमित भेटिए, संक्रमितको संख्या ३७५ पुग्यो

नेपालमा सोमबार एकैदिन अहिलेसम्मकै धेरै कोभिड –१९ संक्रमित भेटिए, संक्रमितको संख्या ३७५ पुग्यो



काठमाडौं । कोभिड –१९ को संक्रमण सोमबार राति थप १८ जनामा देखिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहप्रवक्ता डा समिरकुमार अधिकारीले राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमाडौँ, बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान, भेरी अस्पताल नेपालगञ्ज र कोशी अस्पताल विराटनगरमा परीक्षणका क्रममा नयाँ संक्रमण देखिएको बताए ।

laxmi

उनका अनुसार नयाँ देखिएका संक्रमितमा दैलेख र खोटाङ जिल्लाका पनि छन् । दैलेखमा संक्रमित देखिएसंँगै कर्णाली प्रदेशमा पनि संक्रमण देखिएको छ ।

नयाँ संक्रमित सबै पुरुष छन् । उनका अनुसार संक्रमण देखिएकामध्ये धनुषा निवासी दुई, खोटाग हलेसी निवासी, बाँके नरैनापुर गाउँपालिका निवासी १२, दैलेख आठबीस वडा नंं १ निवासी एक , सुनसरी निवासी र झापा निवासी एक छन्

यसअघि सामबारै ६२ जनामा संक्रमण देखिएको थियो । बिहान ९ र अपराह्न ५३ जनामा संक्रमण देखिएको हो । अहिले देखिएका १८ जनासंँगै सोमबारमात्रै ८० जनामा संक्रमण देखिएको छ । सोमबार देखिएका संक्रमितमा सबभन्दा बढी बाँकेमा ५९ जनामा देखिएको मन्त्रालयका सहप्रवक्ता डा अधिकारीले बताए ।

सोमबार देखिएको संख्या सबभन्दा बढी हो । सोमबार देखिएकासंँगै संक्रमितको संख्या ३७५ पुगेको छ । दुई जनाको कोभिड –१९ का कारणले मृत्यु भएको छ । सहप्रवक्ता डा अधिकारीका अनुसार संक्रमितको अवस्था सामान्य रहेको र उनीहरु स्वास्थ्यकर्मीको निगरानीमा रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्
MBL