Logo

पाकिस्तानले चिकित्सा शिक्षामा नेपालीलाई सिट संख्या वृद्धि गर्ने

पाकिस्तानले चिकित्सा शिक्षामा नेपालीलाई सिट संख्या वृद्धि गर्ने


बिजखबर संवाददाता
0
Shares

काठमाडौं । पाकिस्तानले नेपाललाई दिँदै आएको चिकित्सा शिक्षा अध्ययनको सिट संख्यामा बृद्धि गर्ने भएको छ । पाकिस्तानी प्रधानमन्त्री अब्बासीले राष्ट्रपति विद्यादेवी भण्डाीसँगको भेटवार्तामा सो कुरा बताएका हुन् । नेपाल र पाकिस्तानबीचको सम्बन्ध राजनीतिक तहमा मात्र नभई जनस्तरमा समेत निकै अनुपम र उदाहरणीय रहेको बताउँदै अब्बासीले नेपाललाई चिकित्सा शिक्षाका लागि दिँदै आएको सिट संख्यामा वृद्धि गर्ने जानकारी गराएका हुन् ।

राष्ट्रपति विद्यादेवी भण्डारी र पाकिस्तानका प्रधानमन्त्री शहीद खकान अब्बासीबीच नेपाल र पाकिस्तानको सम्बन्ध तथा आपसी हित र चासोका विविध विषयमा आज विचारविमर्श भएको थियो । राष्ट्रपति भवन शीतल निवासमा भएको भेटवार्तामा राष्ट्रपति भण्डारीले प्रधानमन्त्री अब्बासीको भ्रमणबाट दुई देशबीचको सम्बन्धलाई थप सुमधुर तुल्याउन योगदान पुग्ने विश्वास व्यक्त गर्दै नेपाल र पाकिस्तानबीच रहिआएको मित्रवत् सम्बन्ध चिरकालपर्यन्त थप सुदृढ तुल्याउँदै लैजानुपर्नेमा जोड दिईन् ।
भेटमा अब्बासीले दुई देशबीचको समस्याले दक्षिण एशियाली क्षेत्रीय सहयोग संगठन (सार्क)का गतिविधि र प्रक्रिया प्रभावित हुन नहुनेमा जोड दिँदै उनले आगामी दिनमा सार्कको भूमिकालाई सशक्त तुल्याउन आवश्यक रहेको धारणा व्यक्त गरे । साथै हिंसात्मक घटनाका कारण पाकिस्तानमा निर्दाेष सैनिक तथा गैरसैनिकले जीवनको क्षति व्यहोर्नु परेको उनको भनाइ थियो । सार्कका संस्थापक सदस्य राष्ट्र नेपाल र पाकिस्तानले पछिल्लो समय व्यापार प्रवद्र्धन र सम्पर्क सञ्जाल विस्तारमा जोड दिँदै आएका छन् ।

अब्बासी नबनियुक्त प्रधानमन्त्री केपी शर्मा ओलीलाई बधाई तथा शुभकामना दिने सिलसिलामा नेपालको दुई दिने औपचारिक भ्रमणको लागि सोमबार नेपाल आएका थिए /रासस

laxmi

प्रतिक्रिया दिनुहोस्
MBL