Logo

तीन दिनमा १ लाखले अबलोकन गरे शैक्षिक मेला, एकैदिन ५२ हजार अबलोकनकर्ता

तीन दिनमा १ लाखले अबलोकन गरे शैक्षिक मेला, एकैदिन ५२ हजार अबलोकनकर्ता


बिजखबर संवाददाता
0
Shares

इक्यान शैंक्षिक मेलाको तेस्रो दिन ५२ हजारभन्दा बढी विद्यार्थीले अबलोकन गरेका छन् । राजधानीको भृकुटीमण्डपमा जारी मेलाको पहिलो दिन २० हजार र दोश्रो दिन ३३ हजार ५ सयजनाले मेला अवलोकन गरेका थिए । तर, तेस्रो दिन शनिबार परेकाले विद्यार्थी तथा अविभावको भीड लागेको आयोजकले जानकारी दिएको छ ।

मेलामा भर्खरै कक्षा १२ को परिक्षा दिएर बसेका विद्यार्थीदेखि स्नातकोत्तर तह र सोभन्दा माथिसम्म अध्ययन गरेकाहरु पनि विदेशी शिक्षाबारे जानकारी लिन आइरहेका ईक्यान सचिव तथा सूचना र सन्चार विभाग प्रमुख उमेश ढुगेंलले बताए ।

मेलामा आउने विद्यार्थीहरुको रोजाईमा अमेरिका, अष्ट्रेलिया, बेलायत, जापान, क्यानडा, न्यूजिल्याण्डदेखि चीन, भारत, श्रीलंका र बंगलादेशसम्मका देशहरु परेका छन् । खासगरी प्राविधिक र ब्यवसायिक विषयहरुप्रति विद्यार्थीहरुको आकर्षण देखिएको इक्यानका अध्यक्ष प्रकाश पाण्डेले जानकारी दिए ।

मेलामा विभिन्न शिक्षाविद्हरुसम्मको पनि उत्साहपूर्ण सहभागिता रहेको आयोजकले जानकारी दिएको छ । यस्ता मेलाले उच्च शिक्षा अध्ययनका सन्दर्भमा सही परामर्श दिएर विद्यार्थीहरुलाई उचित गन्तब्य छनोटमा मद्धत पुर्याउने विश्वास ब्यक्त गरेका छन् ।

बिहीबारबाट शुरु भएको मेला आइतबार सकिंदैछ । आइतबार पनि दिनभर विद्यार्थीहरुले बैदेशिक अध्ययनको बारेमा पर्याप्त जानकारी लिन सक्ने ढुगेंलले बताए ।

laxmi

प्रतिक्रिया दिनुहोस्
MBL