Logo

सरकारको नारालाई पुर्णता दिन विदेशी लगानीकर्तालाई प्रमको आग्रह, यसरी हुँदैछ काम

सरकारको नारालाई पुर्णता दिन विदेशी लगानीकर्तालाई प्रमको आग्रह, यसरी हुँदैछ काम



काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले विदेशी लगानीकर्तालाई नेपालमा लगानी गरी सरकारको नारालाई पुर्णताका लागि सहयोग गर्न आह्वान गरेका छन । सार्क उद्योग वाणिज्य संघ को ७७ औं बैठकमा भाग लिन काठमाडौंमा आएको संघका पदाधिकारी तथा उद्यमी व्यवसायीहरूसँगको भेटमा उनले सरकारको समृद्ध नेपाल सुखी नेपालीको नारालाई पुरा गर्न सहयोग गर्न आव्हान गरेका हुन ।

laxmi

उक्त प्रतिनिधिमण्डलले आज प्रधानमन्त्री निवास वालुवाटारमा औपचारिक भेटवार्ता गरेको छ । सार्क उद्योग वाणिज्य संघका अध्यक्ष रूवान इदरिसिंघेको नेतृत्वमा संघका उपाध्यक्ष, नेपाल उद्योग वाणिज्य महासंघका विशिष्ट सदस्य एवं पूर्व अध्यक्ष चण्डिराज ढकाल, महासंघका वरिष्ठ उपाध्यक्ष शेखर गोल्छा लगायतको सहभागिता रहेको थियो ।

प्रतिनिधि मण्डललाई संवोधन गर्दै उनले सिंगो दक्षिण एशियानै ज्ञान भूमी, तपोभूमी र प्राकृतिक स्रोत सम्पदाले भरिपूर्ण क्षेत्र भएकाले अव हामीले यस क्षेत्रलाई समृद्ध क्षेत्र, खुशी जनताको अभियानमा लैजानु पर्नेमा जोड दिएका छन । दक्षिण एशियाका व्यवसायिक नेताहरूलाई प्रधानमन्त्री ओलीले यूवा जनसंख्याले भरिपूर्ण यस क्षेत्रमा उद्यशीलता प्रवद्र्धन मार्फत रोजगारी सृजना गरी समृद्ध क्षेत्र, खुशी जनता बनाउने अभियानमा लाग्न आग्रह समेत गरेका छन ।

प्रधानमन्त्रीले हालै सम्पन्न लगानी सम्मेलनको समेत स्मरण गर्दै अधिकांश जनता यूवा र काम गर्ने उमेर समूहका रहेका, लगानीका लागि समेत प्रचुर सम्भाव्यता र क्षेत्रहरू रहेकाले नेपालमा आएर लगानी गरि यस क्षेत्रलाईनै लाभान्वित बनाउन सार्कका व्यवसायीक नेताहरूलाई अपिल गरेका छन । ‘तपाईहरूको एकता र सहकार्यबाट यस क्षेत्रको समृद्धिमा आमूल परिवर्तन ल्याउन सकिन्छ,’ उनले भने, ‘यस क्षेत्रमा रहेका प्रचुर सम्भाव्यतालाई उजागर गरी अन्तराष्ट्रिय लगानीलाई यस क्षेत्रमा आकर्षित गर्न आजैबाट पहल थाल्नुहोस ।’

सार्क उद्योग वाणिज्य संघका अध्यक्ष रूवान इदरिसिंघेले दक्षिण एशिया आर्थिक विकासमा तीव्रतर रूपमा अगाडी बढ्दै गएकाले यस क्षेत्रको महत्व अगामी दिनमा अझ बढ्दै जाने भन्दै यस क्षेत्रको आर्थिक विकासका लागि सार्क उवासंघले महत्वपूर्ण भूमिका निर्वाह गर्ने विश्वास दिलाएका छन ।

नेपाल सहित सिंगो दक्षिण एशिया यतिखेर बाह्य लगानी आकर्षण सहित आर्थिक विकासमा तीव्रतर रूपमा अगाडी बढीरहेको भन्दै पछिल्लो पटक नेपालमा स्थिर सरकार सहित लगानीका लागि आवश्यक नीति कानूनहरूमा समेत आमुल परिवर्तन गरिएकाले वाह्य लगानी आकर्षण हुनेमा आफू विश्वस्त रहेको अध्यक्ष रूवानले जानकारी दिए ।

प्रधानमन्त्रीसँगको बैठकमा सार्क क्षेत्रका राष्ट्रहरू बीचको आर्थिक व्यवसायिक सम्बन्ध विस्तार, पर्यटन प्रवद्र्धन, कनेक्टीभिटीका विषयमा बैठकमा महत्वपूर्ण छलफल भएको पनि उनले जानकारी दिएका छन ।

प्रतिक्रिया दिनुहोस्
MBL