Logo

चुलिँदै व्यापारघाटा, ८ खर्ब ३३ अर्बको आयात हुँदा ५३ अर्बको मात्र निर्यात

चुलिँदै व्यापारघाटा, ८ खर्ब ३३ अर्बको आयात हुँदा ५३ अर्बको मात्र निर्यात



काठमाडौं । पछिल्लो समय व्यापार घाटा उच्च रुपमा बढ्दै गएको छ । सरकारले आयातलाई न्यूनिकरण नीति अबलम्बन गरेपनि नेपाल राष्ट्र बैंकको तथ्याङ्कले भने पछिल्लो समय आयात उच्च रुपमा बढ्दै गएको देखाएको छ ।

laxmi

तथ्याङ्क अनुसार चालू आर्थिक बर्षको ७ महिनामा करिव साढे ८ खर्बको विदेशी बस्तु आयात भएको छ । यो अघिल्लो बर्षको सोही अवधिको तुलनामा २६ प्रतिशतले बढी हो ।

नेपाल राष्ट्र बैंकको तथ्यांक अनुसार चालु आबको साउनदेखि माघ मसान्तसम्म ८ खर्ब ३३ अर्ब २७ करोड रुपैयाँ बराबरको बस्तु आयात भएको छ । तर, सोही अबधिमा नेपालबाट ५३ अर्ब ८ करोड रुपैयाँको मात्र बस्तु निर्यात भएको छ । चालू आबको ७ महिनासम्म आईपुग्दा नेपालको व्यापार घाटा मात्र बढेर ७ खर्ब ८० अर्ब रुपैयाँभन्दा बढी पुगेको छ ।

सो अबधिमा भारतबाट आयात हुने बस्तुमा २४ प्रतिशत, चीनबाट आयात हुने बस्तुमा ३६ प्रतिशत तथा अन्य मुलुकबाट आयात हुने बस्तुमा २३ प्रतिशतले वृद्धि भएको छ । विशेषगरी एमएस बिलेट, हवाईजहाजका सामग्री, तयारी पोशाक लगायतका सामग्रीको आयात उच्च रुपमा बढ्न पुगेको छ । तर, दूरसंचारका उपकरण, सिमेन्ट, कच्चा भटमासको तेल लगायत बस्तुको आयात घटेको छ ।

यस्तै नेपालबाट निर्यात हुने बस्तुमा भने ११ प्रतिशतको वृद्धि भएको छ । अघिल्लो ७ महिनामा नेपालबाट भारतमा हुने निकासी मात्रै २१ दशमलव १ प्रतिशतले वृद्धि भएको छ । यसैगरी चीनतर्फ निर्यात हुने बस्तुमा ३१ प्रतिशत र अन्य मुलुकमा हुने निर्यातमा १ दशमलव ४ प्रतिशतले वृद्धि भएको छ ।

नेपालबाट पोलिष्टर यार्न, जस्तापाता, दलहन, जडीबुटी, उनी गलैंचा लगायतका बस्तुको निर्यात बढेको । तर अलैंची, छाला, रोजिन लगायतका बस्तुको आयात घटेको देखाएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL