Logo

राजस्व संकलन ३७ प्रतिशतले बढ्यो, भन्सार महशुल उठौतीमा ५५ प्रतिशतको बृद्धि

राजस्व संकलन ३७ प्रतिशतले बढ्यो, भन्सार महशुल उठौतीमा ५५ प्रतिशतको बृद्धि



काठमाडौं । अर्थ मन्त्रालयले चालू आर्थिक बर्षको पहिलो महिनामा राजस्व संकलन ३७ प्रतिशतले बृद्धि गरेको छ । मन्त्रालयले साउन महिनामा ६२ अर्ब ९५ करोड रुपैयाँ राजस्व संकलन गर्दै गत आबको सोही अबधिको तुलनामा ३७ प्रतिशतले बृद्धि गरेको हो ।

मन्त्रालयले साउन महिनामा कुल ६३ अर्ब ६४ करोड रुपैयाँ राजस्व संकलन गर्ने लक्ष्य लिएको थियो । यो तथ्याङ्क बिहीबारसम्मको भएको र भदौं ५ गतेमात्रै स्थानीय तहबाट सम्पूर्ण विवरण आईपुग्ने भएकाले राजस्व संकलन लक्ष्यभन्दा बढि हुने राजस्व सचिव शिशिरकुमार ढुङ्गानाले जानकारी दिए ।

ढुङ्गानाका अनुसार सो अबधिमा भन्सार महशुल संकलनमा उल्लेख्य सुधार भएको छ । चालूृ आबको साउन महिनामा गत आबको सोही अबधिको तुलनामा भन्सार शुल्क ५५ प्रतिशतले बृद्धि भएको छ ।

भन्सार मुल्याङ्कन प्रणालीमा गरिएको सुधार, बस्तु बर्गीकरण र चोरी पैठारी नियमन्त्रणमा गरिएको सुधारका कारण भन्सार महशुल उठौतीमा उल्लेख्य सुधार आएको उनको तर्क थियो । यसैगरी सो अबधिमा मूल्य अभिबृद्धि कर (भ्याट) संकलन पनि गत आबको सोही अबधिको तुलनामा ३७ दशमलव २४ प्रतिशतले बढ्न पुगेको छ । जसमा अन्तरिकतर्फको हिस्सा ३८ दशमलव ७४ प्रतिशत छ भने आयाततर्फ ३५ दशमलव ५४ प्रतिशत बढेको छ । सो अबधिमा सरकारले अन्तशुल्क र आयकर उठौतीमा पनि उल्लेख्य बृद्धि गरेको छ ।

तर सोही अबधिमा सरकारको बजेट परिचालन भने एकदमै न्युन रहेको छ । साउन महिनामा सरकारले कुल २६ अर्ब रुपैयाँ मात्र बजेट परिचालन गरेको छ । जसमा १६ अर्ब रुपैयाँ प्रदेश र स्थानीय तहको समानिकरण अनुदानमा खर्च भएको छ ।

साउन महिना बजेट परिचालको खाका तयार तथा सो परिचालनका लागि कानुन निर्माणको काम हुने भएकाले बजेट परिचालन धेरै नहुने मन्त्रालयले जानकारी दिएको छ ।

laxmi

प्रतिक्रिया दिनुहोस्
MBL