Logo

गत आबमा साढे ३ गुणाले बढ्यो वैदेशिक लगानी, यस्तो छ नेपालमा विदेशी लगानीको १० बर्षे ट्रेण्ड

गत आबमा साढे ३ गुणाले बढ्यो वैदेशिक लगानी, यस्तो छ नेपालमा विदेशी लगानीको १० बर्षे ट्रेण्ड



काठमाडौं । नेपालमा आर्थिक बर्ष २०७४/७५ मा वैदेशिक लगानी साढे ३ गुणाले बढेको छ । उद्योग विभागको पछिल्लो तथ्याँक अनुसार आर्थिक बर्ष २०७३/७४ को तुलनामा गत आबमा वैदेशिक लगानी साढे ३ गुणाले बढेको हो ।

विभागको तथ्याँक अनुसार गत आबमा ५५ अर्ब ६४ करोड रुपैयाँ बराबरको वैदेशिक लगानीका उद्योग दर्ता भएका छन् । तर अघिल्लो आबमा यस्तो लगानी १५ अर्ब २० करोड रुपैयाँ मात्र थियो ।

गत आबमा सो लगानी बराबरको कुल ३ सय ९५ ओटा उद्योग दर्ता भएका छन् । अघिल्लो आबको तुलनामा उद्योग दर्ताको संख्याको आधारमा कम भएपनि ठूला लगानीका उद्योगहरु भित्रदा बढि लगानी आएको हो । अघिल्लो अबमा १५ अर्ब २० करोड रुपैयाँको ४ सय उद्योग दर्ता भएका थिए ।

त्यसैगरी आव २०७२/७३ मा भने वैदेशिक लगानी ३ सय ४८ ओटा उद्योगमा करिब १५ अर्ब २५ करोड रुपैयाँ लगानी लगानी भित्रीएको थियो । तर, आब २०७१/७२ हालसम्मकै सबैभन्दा बढि ६७ अर्ब ४५ करोड रुपैयाँ बैदेशिक लगानीका ३ सय ७ ओटा उद्योगहरु दर्ता भएको तथ्याँकमा देखाएको छ । पछिल्लो १० बर्षको अवधिमा सबैभन्दा बढि बैदेशिक लगानी भित्रिएको आब २०७१/७२ हो । त्यस यता खस्किएको वैदेशिक लगानी गत अबमा भने उल्लेख्य रुपमा बढ्न पुगेको छ ।

त्यस्तै पछिल्लो १० बर्षमा सवैभन्दा कम वैदेशिक लगानी आब २०६५/६६ रहेको छ । उक्त आबमा २ सय ३१ ओटा उद्योगमार्फत करिब ६ अर्ब २५ करोड रुपैयाँ लगानी भित्रिएको थियो ।

त्यसयता वैदेशिक लगानी भित्रने क्रम क्रमश बढ्दै गएपनि आब २०६७/६८ मा १० अर्ब र २०६८/६९ मा सो लगानी घटेर ७ अर्ब १३ करोड रुपैयाँमै सिमित हुन पुुग्यो । तर, आब २०६९/७० मा भने वैदेशिक लगानी अघिल्लो आबको तुलनामा ५ गुणाले बढेर ५१ अर्ब पुगेको विभागको तथ्याँकमा उल्लेख छ ।

नेपालमा वैदेशिक लगानी भित्रन् क्रममा उतारचढाव हुँदै आब २०७०/७१ पुनः घट्दै २० अर्ब १३ करोड रुपैयाँमा झरेको थियो भने त्यसको पछिल्लो आबमा तीन गुणाले बढेर ६७ अर्ब रुपैया भित्रिएको थियो ।

तथ्याँकमा नेपालमा वैदेशिक लगानी भित्रने क्रम बढ्दै गएपनि त्यसरी दर्ता भएका उद्योगहरु संचालनमा आएका छन् वा छैनन भन्ने विषयमा अनुमति दिने निकाय उद्योग विभाग नै अनविज्ञ रहेको छ । यसअघि दर्ता भएका वैदेशिक लगानीका कति उद्योगहरु संचालनमा आए भन्ने कुरा विभागमा पनि कुनै जानकारी निभएको विभागका निर्देशक दुर्गाप्रसाद भुषालले जानकारी दिए ।

भुषालका अनुसार हालसम्म विदेशी तथा स्वदेशी लगानीका थुप्रै उद्योगहरु दर्ता भएपनि त्यस्ता कति उद्योगहरु संचालनमा आए भन्ने कुरा एकिन हुन सकेको छैन । ‘विभागमा उद्योग दर्ता भएर संचालनमा आएपछि पुनः जानकारी गराउनुपर्छ,’उनले भने, ‘तर, विभागबाट स्वीकृति लिएर संचालनमा आउपनि अहिलेसम्म जानकारी गराएका छैनन ।’ तर उद्योग विभागका दर्ता भएका प्रायजसो वैदेशिक लगानीका उद्योगहरु संचालनमा नआएको समेत उनको भनाई थियो ।

नेपालमा ठूल तथा साना लगानीका उद्योगहरु दर्ता हुँदा नेपालमा भित्रने बैदेशिक लगानीको अनुपातमा घटवढ हुने गरेको भुषालले जानकारी दिए । नेपालमा होङ्सी सिमेन्ट, हुवासिन सिमेन्ट लगायत विभिन्न जलविद्युत परियोजना भित्र्दा बढि लगानी आएकोा समेत उनले जानकारी दिए ।

laxmi

प्रतिक्रिया दिनुहोस्
MBL