Logo

आर्थिक बर्ष २०७५-७६ को मौद्रिक नीति, बाणिज्य बैंकलाई कडाई माइक्रोफाइनान्सलाई सहुलियत

आर्थिक बर्ष २०७५-७६ को मौद्रिक नीति, बाणिज्य बैंकलाई कडाई माइक्रोफाइनान्सलाई सहुलियत



काठमाडौं । नेपाल राष्ट्र बैंकले आर्थिक बर्ष २०७५-७६ मौद्रिक नीति आज २ बजे सार्वजनिक गर्ने भएको छ । राष्ट्र बैंकले बाणिज्य बैंकलाई कडाई र माइक्रोफाइनान्सको ब्याजदरमा केही खुकुलो गर्दै मौद्रिक नीति ल्याउने भएको छ ।

राष्ट्र बैंकले आगामी आर्थिक बर्षको मौद्रिक नीतिमार्फत लघुवित्त कम्पनीको ब्याजदरको क्यापमा परिमार्जन गर्ने भएको छ । चालू आबको मौद्रिक नीतिले लघुवित्तको ब्याजदरको क्याप अधिकतम १८ प्रतिशत तोकेकोमा त्यसलाई बढाउन लागेको छ ।

माइक्रोफाइनान्सको कर्जाको रिक्स बढि र गाउँगाउँमा गएर लगानी गर्दा बढि संचालन खर्च आउने भन्दै उक्त क्यापलाई बढाउन लागिएको राष्ट्र बैंक स्रोतले जानकारी दिएको छ । राष्ट्र बैंकले चालू आबको मौद्रिक नीतिमार्फत लघुवित्तको ब्याजदरमा पहिलोपटक क्याप लगाएको थियोृ । तर, उक्त क्यापका कारण माइक्रोफाइनान्सलाई संचालन गर्न कठिन भएपछि परिमार्जन गर्न लागेको हो ।

तर, मौद्रिक नीतिले बाणिज्य बैंकलाई भने केही कडाई गर्ने भएको छ । मौद्रिक नीतिले बाणिज्य बैंकहअरुले निक्षेपमा दिने र कर्जामा लिने ब्याजदरको अन्तर (स्प्रेड) दरलाई घटाउने भएको छ । यसअघि यस्तो स्प्रेड दर ५ प्रतिशत रहेकोमा आगामी आबको मौद्रिक नीतिले त्यसलाई ४ दशमलव ८ प्रतिशतमा झार्न लागेको हो ।

यसैगरी मौद्रिक नीतिले घलुवित्त कम्पनीहरुलाई मर्जरमा जानका लागि प्रोत्साहन र दबाब दुवै दिने भएको छ । मौद्रिक नीतिले घलुवित्त कम्पनीहरुको पूँजी बृद्धि गर्दै मर्जरमा जान दबाब सिर्जन गर्न लागेको हो । राष्ट्र बैंकले लघुवित्त कम्पनीको पूँजी बृद्धि गरेपनि हकप्रद सेयर जारी गरेर चुक्ता पूँजी बढाउन नदिने नीति अबलम्बन गर्ने भएपछि मर्जरमा जान दबाब हुने भएको हो ।

laxmi

प्रतिक्रिया दिनुहोस्
MBL