Logo

सार्क विजनेश लिडर्स कनक्लेभ नेपालमा हुने

सार्क विजनेश लिडर्स कनक्लेभ नेपालमा हुने


बिजखबर संवाददाता
0
Shares

काठमाडौं । सार्क राष्ट्रका अग्रणी उद्योगी व्यवसायीहरुको छैटौँ सम्मेलन ‘सार्क विजनेश लिडर्स कनक्लेभ’ नेपालमा हुने भएको छ । सार्क चेम्वर अफ कमर्शको आयोजनामा आगामी चैत २, ३ र ४ गते नेपालमा सम्मेलन गर्न थालिएको हो ।

यसअघि पाकिस्तानमा आयोजना गर्ने तयारी गरिएको सम्मेलन पाकिस्तानमा नहुने भएपछि नेपालमा आयोजना गर्न लागिएको सोमबार आयोजित पत्रकार सम्मेलनमा सार्क उद्योग वाणिज्य संघका अध्यक्ष सुरज वैद्यले जानकारी दिए।

सम्मेलनमा सार्क क्षेत्रको साझा संवृद्धि, सार्क देशहरुमा व्यापार र लगानी प्रवद्र्धन, आर्थिक र राजनीतिक संकट, विश्व अर्थव्यवस्थामा सार्कको भूमिकालगायत विषयमा छलफल गरिने छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीले सम्मेलनको उद्घाटन गर्ने कार्यक्रम रहेको आयोजकले जानकारी दिएको छ । दोस्रो दिन विभिन्न सातवटा विषयमा समानान्तर प्यानल छलफल र तेस्रो दिन पाँच वटा विषयमा प्यानल छलफल गर्ने कार्यक्रम रहेको आयोजकले जानकारी दिएको छ ।

अन्तिम सत्रमा सार्क देशहरुका वाणिज्य मन्त्रीहरु सम्मिलित छलफल कार्यक्रम रहेको छ ।आयोजकका अनुुसार सम्मेलनमा ५० जना प्रतिष्ठित वक्ताहरु सहभागी हुदैछन  ।

नेपालले दोस्रोपटक सम्मेलनको आयोजना गर्दैछ । यसअघि सन् २०११ मा पनि नेपालमा सम्मेलन गरिएको थियो ।

सार्क चेम्वरका अध्यक्ष सुरज वैद्यले यो सम्मेलनको नेपालले भरपुर फाइदा उठाउनु पर्ने बताए । उनले सार्क क्षेत्रका सर्वसाधारण र व्यावसायिहरुले सार्कको सर्वोच्च संस्थाका रुपमा रहेको सार्क चेम्बरबाट धेरै आशा गरेता पनि राजनीतिक किचलोको कारण सोही अनुसार काम हुन नकसकेको बताए ।

laxmi

प्रतिक्रिया दिनुहोस्
MBL