Logo

वल्र्ड इनोभेसन फोरमको तयारी काठमाडौंमा

वल्र्ड इनोभेसन फोरमको तयारी काठमाडौंमा


बिजखबर संवाददाता
0
Shares

काठमाडौं । काठमाडौंमा उद्यमशीलतासम्बन्धी विशेष कार्यशाला (इन्टरप्रेनुअल वेभ्स इन नेपाल) को आयोजना गरिएको छ । विश्वमै पहिलो पटक स्विजरल्यान्डमा आयोजना हुन लागेको वल्र्ड इनोभेसन फोरमको पूर्वतयारी स्वरूप उक्त आयोजना गरिएको हो ।

विश्वमा नयाँ आविष्कार एवं सिर्जनशीलताबारे एकै स्थानमा जानकारी दिने उद्देश्यले उक्त फोरमको आयोजना गर्न लागेको वल्र्ड इनोभेसन फोरमका संस्थापक एक्सेल सल्ज र सहसंस्थापक मारिता सल्जले जानकारी दिए ।

संस्थापक एक्सेल सल्जले नेपाललगायत देशमा युवा उत्पादनशिलताको बारेमा जानकारी दिने र लिने सोच रहेको बताए ।

सो कार्यक्रमकी सह संस्थापक मारिता सल्जले महिलाले पुरुष उद्यमीका बानीव्यहोरा र कार्यशैलीका नक्कल नगरि महिला भएकै नाताले प्राप्त बिशिष्ट लाभहरूको पहिचान गरेर त्यसको अधिकत्म सदुपयोग गर्नुपर्ने स्पष्ट पारिन ।

कार्यशालामा विभिन्न उद्यमी तथा व्यक्तित्वले उद्यमशिलता प्रबद्र्धनका लागि नेपालमा पर्याप्त अवसर भएको बताए । साथै अन्तरराष्ट्रिय रूपमा उपलब्ध अवसरहरूको बढीभन्दा बढी लाभ उठाउन युवा उद्यमीहरूले पहल गर्नुपर्ने जानकारी दिए ।

laxmi

प्रतिक्रिया दिनुहोस्
MBL