Logo

निर्यात बढाएर व्यापार घाटा कम गर्न अर्थमन्त्रीलाई उद्योगीको सुझाव

निर्यात बढाएर व्यापार घाटा कम गर्न अर्थमन्त्रीलाई उद्योगीको सुझाव


बिजखबर संवाददाता
0
Shares

काठमाडौं । साना उद्योगीहरुले व्यापार घाटालाई कम गर्न निर्यात बृद्धि गर्न लघु, घरेलु तथा साना उद्योगहरुको प्रवद्र्घन र विकास गर्न अर्थमन्त्री डा. युवराज खतिवडाको ध्यानाकर्षण गराएका छन् ।

बिहीबार नेपाल घरेलु तथा साना उद्योग महासंघको प्रतिनिधिमण्डलले अर्थमन्त्रालयमा अर्थमन्त्रीलाई भेटी ध्यानाकर्षण गराएका हुन् ।

प्रतिनिधिमण्डल मुलुकको समग्र औद्योगिक विकासका लागि बढ्दो व्यापार घाटा कम गर्न र निर्यात बढाउन गर्न सकिने उपायबारे मुलुकको समग्र औद्योगिक विकासका लागि सुझाव लिएर गएका थिए ।

सो अवसमा महासंघका अध्यक्ष श्यामप्रसाद गिरीले छिमेकी मुलुक भारत र चीनलगायत देशहरुले व्यवस्था गरेको निर्यात प्रोत्साहन सुविधा अनुरुप नै नेपाली मौलिक उत्पादनहरुको निर्यात बृद्धि गर्न आग्रह गरे । साथै त्यस्ता वस्तुमा भएको आन्तरिक मुल्य अभिबृद्धिको आधारमा गणना हुनेगरी १५ प्रतिशत नगद अनुदान दिने व्यवस्थाका लागी पहल गर्न भने ।

महासंघको सुझाव लिदै अर्थमन्त्री डा. युवराज खतिवडाले आत्मनिर्भर अर्थतन्त्र निर्माण गर्ने मुख्य माध्यम लघु, घरेलु तथा साना उद्योगहरुको प्रवद्र्घन र विकासबाट मुलुकको आर्थिक विकास र समृद्धि सम्भव भएको बताए । यस्ता उद्योगहरुको प्रवद्र्घन र विकासका लागि प्राथमिकतामा राख्दै सरकार अगाडि बढ्ने समेत उनले बताए ।

अर्थमन्त्री डा खतिवडाले समृद्धिको मूल आधार निजी क्षेत्र भएको भन्दै साना तथा मझौला उद्योगहरू, पर्यटन, कृषि, पूर्वाधार विकासमा लगानी प्रवद्र्धन गर्न निजी क्षेत्रलाई प्रोत्साहित गरिने बताए ।

समग्रमा लघु, घरेलु तथा साना उद्योग व्यवसायमा रहेका समस्याहरू पेश गर्न आग्रह गर्दै घरेलु तथा साना उद्योगीहरुका सल्लाह र सुझावबाट आगामी दिनमा कार्ययोजना तय गरिने प्रतिवद्घता जनाए ।

तुलनात्मक र प्रतिस्पर्धात्मक लाभ भएका उद्योग र निकासी प्रवद्र्धन गर्ने उद्योगहरुको लागि विशेष व्यवस्था गर्न सरकारले विशेष कार्यक्रम ल्याउने र निर्यातमा दिइने सुविधा उत्पादन तहदेखि निकासी बजार तहसम्म दिदा बढी ध्यान उत्पादन, पूर्वाधार र बजारीकरणलाई दिनुपर्नेमा सरकारले जोड दिने आश्वासन उनले दिए ।

महासंघका अध्यक्ष श्यामप्रसाद गिरीले अब मुलुकले आर्थिक क्रान्तिलाई मुख्य एजेण्डा बनाई नयाँ नेपाल निर्माण गर्ने अभियानमा सरकारले महत्वपूर्ण दायित्व निर्वाह गर्नुपर्ने पनि बताए ।
साथै नयाँ सरकार गठन भएसंगै नेपाली जनताको आर्थिक सम्बृद्धि र विकासको तीब्र चाहना मुखरित हुन थालेको भन्दै यसतर्फ वर्तमान सरकार राजनीतिक स्थायित्व सहित तिब्रतर गतिमा अग्रसर हुनु अपरिहार्य बनेको जानकारी दिए ।

अध्यक्ष गिरीले बैंक तथा वित्तिय संस्थाहरुले प्राथमिकता प्राप्त क्षेत्रमा गर्नुपर्ने लगानीको रकमलाई नेपाल राष्ट्र बैंकको मातहतमा रहनेगरि एउटै बास्केट फण्डमा राखी जहाँ जुन बैंक तथा वित्तिय संस्थाका शाखाहरु उपलब्ध छन त्यहाँ तिनिहरु मार्फत नै उत्पादनमुलक क्षेत्रमा लगानी गर्ने व्यवस्थाका लागी आग्रह गरे ।

प्रतिनिधिमण्डलमा महासंघका सल्लाहकार वासुदेव गिरी, लता प्याकुरेल, सुरेश प्रधान, राष्ट्रिय उद्योग व्यापार महासंघका अध्यक्ष शिव प्रसाद कट्टेललगायतको सहभागिता रहेको थियो ।

laxmi

प्रतिक्रिया दिनुहोस्
MBL