Logo

कर्णाली सरकारले ल्यायो ३३ अर्ब ७४ करोडको बजेट, ६ प्रतिशत आर्थिक वृद्धिको लक्ष्य

कर्णाली सरकारले ल्यायो ३३ अर्ब ७४ करोडको बजेट, ६ प्रतिशत आर्थिक वृद्धिको लक्ष्य



काठमाडौं । कर्णाली प्रदेश सरकारले ३३ अर्ब ७४ करोडको बजेट ल्याएको छ । कर्णाली प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री प्रकाश ज्वालाले प्रदेशसभामा ३३ अर्ब ७४ करोड १३ लाख ५३ हजार रुपैयाँको बजेट प्रस्तुत गरेका छन् ।

laxmi

कुल विनियोजित बजेट मध्ये चालु खर्चतर्फ १९ अर्ब ६ करोड ९१ लाख २१ हजार विनियोज गरेको हो । जुन कुल विनियोजित बजेटको ५७ प्रतिशत हो । यस्तै पुँजीगत खर्चतर्फ ११ अर्ब ६७ करोड ५७ लाख ३२ हजार बजेट विनियोजन गरेको छन् । जुन विनियोजित बजेटको ३४ प्रतिशत हो । वित्तीय हस्तान्तरण तर्फ २ अर्ब ९९ करोड ६५ लाखबजेट विनियोजन भएको छ । जुन विनियोजित बजेटको ९ प्रतिशत हो ।

उनले सदनमा बजेट प्रस्तुत गर्दै चालु खर्च तर्फ कोभिड १९ रोकथाम र नियन्त्रणका लागि ८७ करोड ४१ लाख तथा रोजगार तर्फका कार्यक्रममा २ अर्ब ५८ करोड बजेट विनियोजन गरेको बताए । यस्तै अन्य कार्यक्रम र प्रशासनिक खर्च तर्फ ८ अर्ब ५१ करोड ९० लाख बजेट विनियोजन गरेको उनले बताए । जुन विनियोजित बजेटको २५ प्रतिशत हो । बजेटले करिब ६ प्रतिशत आर्थिक वृद्धिको लक्ष्य लिएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL